Share Icon

हस्ता विष्ट
२७ वैशाख, काठमाडाैँ । मध्यकालिन आँधिखोलाको सभ्यताभित्र भीरकोट राज्यको स्थापना विक्रम संम्बत १४७५ देखि १५०० को बीचमा भएको थियो । स्याङ्गजाको इतिहासमा नुवाकोट, सतहुँकोट गह्रौंकोटमध्ये भीरकोटलाई प्राचिन ऐतिहासिक किल्ला र कोट मानिएको पाइन्छ ।

उहिले आँधिखोलादेखि पश्‍चिम खिलुङ्ग भन्ने स्थानलाई जैन खाँनले बस्ती बसालेका र त्यसैको निकट भीरकोट शीतल हावाचल्ने ठाँउमा घर, मन्दिर, निर्माण गरी कोटघरको रचनाका साथ ठकुरीहरुले राज्य चलाएको पाइन्छ ।

यस नगरपालिकाको उत्तरमा अवस्थित शंखपुर भीरकोट नगरपालिका वडा नंम्बर १ देखि दक्षिणमा भीरकोट नगरपालिका वडा नंम्बर ४ को खत्रीखोलासम्म तथा पूर्व तर्फ भीरकोट नगरपालिका वडा नंम्बर(३ को भुरुङ्गखोला देखी पश्‍चिम तर्फ भीरकोट नगरपालिका वडा नंम्बर ९ को कालिकाकोट पर्वत जिल्लाको सिमान सम्म फैलिएको छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित भीरकोट नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष केश बहादुर खड्काले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

भीरकोट नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष केश बहादुर खड्का ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष खड्का अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

भीरकोट नगरपालिका वडा नं. ३ मा जम्मा बजेट पालिकाबाट ३२ लाख वजेट विनियोजन गएिको वडा अध्यक्ष केश बहादुर खड्काले जानकारी दिनुभयो ।

वडा अध्यक्ष खड्का भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष खड्काले बताउनुभयोे ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, ‘ वडाबाट पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र बाटोलाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने र विद्यालयको वाल बनाउने काम गरिएको छ । ‘

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।

त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने , ढलान र कालोपत्रे गर्ने कामहरु सम्पन्न गरेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

त्यस्तै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, शैक्षिक गुणस्तर ल्याउनको लागि विशेष जोड दिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘ वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि सिचाईको लागि बोरीङको व्यवस्था गरेको र पक्कि कुलोको निमार्ण गरेका छौ । ‘

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेर तालिमलाई व्यवसायमुखिकरण गर्ने योजनामा रहेको वडा अध्यक्ष खड्काले प्रष्ट पार्नुभयो ।

युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा वडाबासीहरुको घर घरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेको छौ । ‘

वडा अध्यक्ष केश बहादुर खड्काले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon