Share Icon

काठमाडाैं । नुवाकोटकाे सुर्यगढी गाउपालिका १ नम्बर वडा कार्यालयले विद्यार्थीहरुलाई पोसाक वितरण गरेकाे छ ।

ग्लोबल फेमलि केयर नेपालको आर्थिक सहयाेगमा वडा कार्यलयले शैक्षिक सहयोग अन्तर्गत श्री लच्याङ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोसाक वितरण गरेकाे हाे ।

पहिलो चरणमा वडा अन्तरगत रहेको ७ वटा आधारभूत तहको विधालय र बाँकी दुई ओटा माबि तहका विद्यालयमा निकट भविष्यमा नै विद्यार्थीहरुलाई शैक्षिक सहयोग अन्तर्गत शैक्षिक पोसाक वितरण गरिने वडा अध्यक्ष राज कुमार तामाङ रन्जितले बताउनु भयो ।

शिक्षामा विकास हुन सके मात्र विकसित सभ्य समाज निर्माण हुने भन्दै हाम्रो वडा समितिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनु भयो।

उहाँले भन्नुभयाे,’अहिले ग्लोबल फेमेलि केयर नेपाल र वडा कार्यालयको सहयोगबाट अति विपन्न गरिब परिवार, आमा बुवा बिहिन टुहुर बालबालिकालाई शिक्षाको ज्योतिबाट वञ्चित अवस्थामा रहेको र कपि कलम किन्न समेत धौधौ रहेका वडा भित्रका विभिन विद्यालयका विद्यार्थीहरुलाई प्यकेजमार्फत शैक्षिक सहयोग गरिरहेको, विभिन्न समुह, क्लबहरु बनाई महिला बालबालिकाको निम्ति सचेतना मुलक कार्यक्रम गर्दै महिला शसक्तिकरणको जागरण अभियानमा वडा सङ्गै हतेमालो गर्दै रहनु भएको भन्दै संस्था प्रति हार्दिक आभारसहित धन्यबाद ब्यक्त गर्दछु।’

लच्याङमा भौगोलिक विकटता तथा अशिक्षाका कारण देखिएको विद्यमान समस्या चुनौतीलाई इङ्गित गर्नु हुँदै जबसम्म शिक्षामार्फत मानविय चेतनाको विकास हुँदैन तबसम्म अन्य विकास मात्र गरेर समृद्द समाज निर्माणको सपना पुरा नहुने
वडा अध्यक्ष रन्जितले बताउनु भयाे ।

Facebook Comments Box

Share Icon