आचारसंहिता उल्लंघन गरेको भन्दै वाग्लेसँग स्पष्टीकरण माग

Share Icon

काठमाडाैं । रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरिएकाे छ ।

तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले वाग्लेसँग स्पष्टीकरण मागेको हाे ।

वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेपछि स्पष्टीकरण माग गरिएकाे हाे ।

उजुरीपछि आचारसंहिता अनुगमन समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न वाग्लेलाई निर्देशन दिएको हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.