Share Icon

चितवन । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जनाएको हो ।

राति साढे ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

चितवन २ को मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

Facebook Comments Box

Share Icon