उपनिर्वाचन : चितवनमा कति प्रतिशत खस्याे मत ?
काठमाडौं । चितवन २ मा भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको छ ।
निर्वाचन आयोगले ७८ हजार २७७ मत खसेको पुष्टि गरेकाे छ ।
आयोगका अनुसार मतदानमा ६२.७७ प्रतिशत मत खसेको हो ।
जुन मंसिर ४ मा भएको निर्वाचनको भन्दा करिब ४ प्रतिशत कम हो ।
चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, सत्तारुढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।
Facebook Comments Box