Share Icon

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक संरक्षण गर्न नहुने बताए ।

प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रद्रोह भएको बताएका हुन् ।

महासचिव पोखरेलले नक्कली शरणार्थी खडा गरेर रकम असुली गर्ने जस्तो अपराधका दोषीलाई कुनै पनि हालतमा छुट दिन नहुने बताए ।

महासचिव पोखरेलले भने, ‘यो राष्ट्रद्रोह हो । राज्यविरुद्धको अपराध हो । राज्यको महत्त्वपूर्ण पदमा बसेर नीतिगत अनियमितता गर्ने काम सामान्य घटना होइन । यो गम्भीर अपराध हो । यसका दोषीलाई कुनै पनि बहानामा छुट दिन हुँदैन ।’

पोखरेलले कसैलाई पनि उन्मुक्ति दिन नहुने धारणा उनले व्यक्त गरे । नक्कली भुटानी शरणार्थी बनाएर क–कसले कसरी रकम असुली गरे भन्ने कुरा स्पष्ट भइसकेको उल्लेख गर्दै पोखरेलले नाम जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्यानै पर्ने बताए ।

Facebook Comments Box

Share Icon