Share Icon

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसिरहेको छ ।

मतगणना सुरु गर्नुअघि अहिले सर्वदलीय बैठक बसिरहेको हाे ।

उपनिर्वाचनको क्रममा आज सम्पन्न मतदानपछि सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

मतपेटिकाहरू चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा राखिएको छ । मतगणना त्यहीँ गर्ने तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले सर्वदलीय बैठकको निर्णयअनुसार मतगणनासम्बन्धमा आवश्यक निर्णय गरिने जानकारी दिनुभयाे । उहाँले आजै रातिबाट गणना सुरु हुने बताउनु भयाे ।

Facebook Comments Box

Share Icon