अपसोच गर्न पर्दैन समय निरन्तर गतिमान भैईरने हुनाले आज भोलिमा परिणत हुन्छ ।
♠जि. बिष्ट
८ फागुन, काठमाडाैं । समयको निरन्तर गतिशीलताले गर्दा आज हिजोको परिवेश भन्दा धेरै परिवर्तन भएको छ । आजको र हिजको भावना परिवर्तन मात्र हैन बिचार र चेतनाको स्तर पनि परिवर्तन भएको छ ।
तर मनोबल अनि कल्पना र वास्तविकताले मेल नखाई दिदा मानव परिवर्तन बेगमफुसे कुरा गरे जस्तो मात्र हुन पुग्छ ।
अरुहरुले त कति सहजै आफ्नो दैनिकीहरुलाई विकसित र अत्युक्तम बनाएका हुन्छन। धन्य हुन तिनीहरु जो परिवर्तनलाई स्विकार्दै अघि बढीरहेका छन।
यो नै अति उत्तम बाटो हो । अविच्छिन तिनै शव्दहरु हुन जुन हिजो अस्तिका दिनमा वृहत ,पारदर्शी ,अत्युक्तम लागेका थियो लेख्दा महशुस गर्दा आज आयर तिनै शब्दहरु बेगमफुसे कुरा जस्तै लाग्न थाल्छन । हुन नि यो शोभाविक हो ।
आजलाई अपनाउन सक्ने हिम्मत जस्ले गर्दछन यो खुसीको कुरा हो यो बानी तपाईमा छ भने खुसी हुनुहोस् किनकि एक दिन म संगै बसेर समय पनि धेरै बेर रोयो रुदै गर्दा मेरो छेउमा आएर सुटुक्क मलाई भन्यो माफ गर आज तिमिलाई दु;ख हुनुको कारण म हु आज तिमी एकदम ठिक छौं ।
गलत म चलिरहेको छु । त्यति खेर म एकोहोरो धेरै बेर बसे र सोचे गलत म हैन मेरो समय चलिरहेको छ । त्यसैले कहिले काहीं तपाइँ हामी सहि हुदा हुँदै पनि समय खराव चलिरहेको हुने रहेछ।
तर अपसोच गर्न पर्दैन समय निरन्तर गतिमान भैईरने हुनाले आज भोलिमा परिणति हुन्छ । अनि भोलि समय तपाई ,म संगै बसेर मुस्कुराउने छ । त्यसैले संसारमा सबैभन्दा ठुलो चिहान मान्छेको मन रहेछ ।
यहाँ हज्जारौं सपनाहरूको कंकाल भेटिन्छ । त्यसैले धेरै नसोच लगनशिल नैतिकवान आदर्शवादी बनाैं नसोचाैं यति धेरै जीवनको आरोह, अवरोहका बारेमा ढुक्क हौं समय संग सबैकुरा परिवर्तन हुनेछ ।







