धोकेबाजलाई अन्तिम प्रेम पत्र
१३ फागुन, काठमाडाैँ । तिमी आफै नजिक सरेकि थियौ, मैले बोलाएको थिएन। अब आफ्नै इच्छाले टाढा जान्छौ भने म चुपचाप बिदाईकोहात हल्लाउने छु। अब तिमी पनि पराई झै बन्छौ भने म हाँसेरै टारिदिनेछु। मलाई आँसु त एकान्तमा मनपर्छ। तिमी म सँग रिसाए पनि, दुखी भए पनि, नबोले पनि अनि भावनात्मक रुपमा समेत टाढा गएपनि हाम्रो साझा सपनाले साकार रुप लिने विश्वासमा कमी नल्याउनू म तिम्रो अपेक्षा पूर्ण गर्न आफ्नो बलबुताले भ्याउने सबथोक गर्नेछु। तिमी मलाई जसरी बुझ, जे बुझ केही फरक पर्दैन, म तिम्रो को हुँ र ? तिमी मेरो को हौ रुरु यो मलाई राम्ररी थाहा छ। यो स्पष्टतामा…
