वडाको चौतर्फी विकास गर्दै अध्यक्ष पुलामी मगर

Share Icon

३ फागुन, काठमाडाैँ । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष ईश्वर पुलामी मगर ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगर बताउनुभयो ।

वडामा शिक्षा,खेलकुद, सडक, खानेपानि र स्वास्थ्य, कृषीमा केहि काम भयको र केहि काम तिब्र गतिमा भईरहेको बताउनुभयो । खानेतेलमा आत्मनिर्भर बनाउने वडा अध्यक्ष ईश्वर पुलामी मगरले बताउनु भयो ।

महिलाको लागि स्वास्थ्य उध्योम तालिम सन्चालनमा ल्याएको र महिलाको लागि दराजको वेवस्था सम्म गरेको अध्यक्ष मगरले भन्नुभयो ।

वडा अध्यक्ष मगरले वडा खबर सँग कुरा गर्दै भन्नुभयो,  ” म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । ”

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “ हामीले नयाँ योजनाका विकास निर्माणका कामहरु उपभोक्ता समिती मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरुलाई अनुभव गरेर टोल विकास र उपभोक्ता समिती मार्फत गर्ने तयारीमा छौँ । ”

पुलामी मगर  भन्नुभयो, “ हामीले वडामा विशेष प्राथमिक्ता शिक्षा र कृषी लाई दिदैँ वडा नम्बर १ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा, स्वास्थ्य र कृषीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित  हुनुभन्दा पहिले ईश्वर पुलामी मगर  व्यवसाय तथा शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्याे ।

वडा अध्यक्ष मगर भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनुका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । ”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.