तिब्र गतिमा वडामा काम गर्ने अध्यक्ष वली

Share Icon

२ माघ, काठमाडाैं ।  सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका वडा नं.६ का वडा अध्यक्ष गोविन्द वलीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष वलीले बताउनुभयो ।

त्यस्तै वडामा स्वास्थ्य, शिक्षा,खानेपानि,बाटो सडक,सरसफाई,बिजुल्लि बत्ति,कृषि तथा पुर्वाधारको क्षेत्रमा राम्रो विकास भएको वडा अध्यक्ष वलीले बताउनुभयो। स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा बाटो सडक, सरसफाई, खानेपानि तथा क्षेत्रमा पनि राम्रो काम भएको उहाँले बताउनुभयो।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष वलीले बताउनुभयो । वडामा पहिले रहेका आधा अपुरा काम पुरा गरेको उहाँले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,बाटो सडक, खेलकुद तथा पुर्वाधार योजना लगायत अठार वटा योजनाहरु रहेका उहाँले जानकारी दिनुभयो।

महिलालाई लक्षित गर्दै वडामा सिपमुलक तालिम, सिलाई कटाई तालिमको सञ्चालन गर्ने वडा अध्यक्ष वलीले बताउनुभयो । युवाहरुको लागि खेलकुदको व्यवस्था गरेको उहाँले बताउनुभयो।

शिक्षा क्षेत्रको लागि विद्यालयको भवन निमार्णको गरेको जानकारी दिनुभयो । बाटो सरसफाईको क्षेत्रमा काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,वडामा अहिले धेरै परिर्वतन आएको उहाँले बताउनुभयो।

सबै योजनाहरु पालिकाबाट पास भईसकेको र अब तिब्र गतिमा काम गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाएको जानकारी दिनुभयो । अन्त्यमा भन्नुभयो , वडाको चौतर्फी विकासको लागि सदैव लागि परिरहने छु।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.