आधारभुत पत्रकारिता सम्बन्धी एक हप्ते तालिम सम्पन्न
सागर परियार
९ माघ, राजापुर। बर्दिया राजापुर नगरपालिकाको आयोजनामा ७ दिने आधारभुत पत्रकारिता तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।
यहि माघ ३ गते देखि आयोजना भएको उक्त कार्यक्रमलाई राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलले उदघाटन गर्नुभएकाे थियाे ।
पत्रकारिता क्षेत्रमा युवाहरुकाे रूचि बढाेस र युवाहरुकाे क्षमता तथा आत्मबल बढाउनका साथै राजापुर नगरपालिका भित्र हुने सत्यतथ्य घटनालाई जनता सामु ल्याउनका निमित्त युवा पत्रकारहरुको अहम भुमिका हुने र सो कारण यो कार्यक्रम संचालन गरेको वडा नं. ४ का वडा अध्यक्ष बिदुर पोखरेलले बताउनु भएकाे छ ।
स्थानिय स्तरमा भएका गतिबधिमा पनि युवाहरूकाे चासाे बढि हुन पर्ने र युवाहरूले सदैव स्थानिय माझ सत्यतथ्य सुचना दिएर सु-सुचित गर्न आवश्यक रहेकाे यसलाई सहज बनाउन याे तालिमले अहम भुमिका निर्वाह गर्ने र नगरभित्र भएका गतिविधिहरू सत्यतथ्य बाहिर ल्याउन वडामा के कस्ता काम भएका छन राम्रा कामलाई प्राेत्साहन गर्ने र नराम्रो कामहरू जनताका सामु जस्ता को त्यस्तै ल्याउन आवश्यक रहेकाे उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदीले बताउनुभयाे ।
प्रभात सुवेदी र रुद्र सुवेदीले आधारभुत पत्रकारिता तालिममा प्रशिक्षण गर्नुभएकाे थियाे । कार्यक्रममा प्रत्येक वडाबाट सहभागी गरि २३ जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।
आज सम्पन्न ७ दिने आधारभुत पत्रकारिता तालिमा राजापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष बिदुर पोखरेलकाे अध्यक्षतामा अथिती राजापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष अशराज न्याैपाने ,राजापुर नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सुवेदी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमका संचालक राजापुर नगरपालिकाका प्रशासन प्रमुख आनद्र जैसी रहनुभएकाे थियाे ।











