दिगो विकासमा जाेड दिदैं वडा अध्यक्ष राई

Share Icon

८ माघ, काठमाडाैं ।  सिन्धुली जिल्ला हरीहरपुरगढी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष गणेश कुमार राईले स्थानीय तहको निर्वाचनमा  बहुमत प्राप्त गरी बिजयी हुनुभयो ।

स्थानिय तहको निर्वाचन पश्चात वडा र जनताको हितका लागी मालपोतका कामहरु र वडाबाट हुने दैनिकी सेवाहरु प्रदान गर्दै आउनुभएको छ ।

आर्थीक वर्ष २०७९/८० को वार्षीक विनीयोजन बजेटका अनुसार उपभोक्ता समिति गठनको प्रकृया सकेको पनी वडा अध्यक्ष राईले बताउनुभयो ।

अध्यक्ष राई भन्नुहुन्छ, ‘वडा नं.५ मा बाढीको समस्या रहेको छ, यस पालीकाद्वारा खोलाको बाढीले निकै नै खेतीयोग्य जमीनहरु कटान गरेको र बाढी रोकथामकोलागी कुनै पनी कार्य नगरे भविष्यमा झनै ठुलो क्षेती पुर्याउन सक्ने उहाँको भनाई छ् ।’

त्यसैगरी युवा खेलकुद तर्फ फुटबल राखीएको र सिप मुलक तालिमहरु भने वडा र गाउँपालिका बाटै अहीले सम्म कुनै पनी कार्यक्रम नराखेको अध्यक्ष राईले बताउनुभयो।

अध्यक्ष राई भन्नुहुन्छ, ‘आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई टोलमा रहेका घरहरु सम्म पुग्ने सडक निर्माण गर्ने र वडामा रहेका खेतीयोग्य जमीनहरुलाई बाढी तथा बाझोपनबाट बचाउने योजना र उद्देश्य रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ् ।’

आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई नयाँ स्रोत, नया अवधारणा, समाजिक रुपान्तरण ,दिगो विकासमा जाेड, पुर्वाधारकोलागी मिसनको साथ अघिल्लो कार्यकालमा गरेका कामहरुलाई प्राथमिक्ता दिदै योजनाहरुलाई अघि बढाउने र वडालाई विकास तर्फ लैजाने बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.