जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष चाैधरी

Share Icon

४ माघ काठमाडाैँ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तुंगनाथ चौधरीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुनः निर्वाचीत हुनुभयो । उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो ।

पछिल्लो समय कपिलवस्तु जिल्ला स्थीत कृष्णनगर नगरपालिका वडा नं.१ ले विकासको फड्को मारिहेको छ ।

वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तुंगनाथ चौधरी अहोरात्र खटिरहनु भएको छ ।

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समिती गठन गर्ने प्रकृयामा छाैँ, अब चाँडै यो प्रकृया सकेर योजनाहरूको काम तीव्र गतिमा अघि बढाउने छौँ ।”

त्यसैगरी कृषि क्षेत्रमा वडामा रहेका किसानहरुलाई बिउविजनका साथै कृषि सम्बन्धी कार्यक्रमहरु पनि योजनामा समेटेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष चौधरीले भन्नुभयो, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको बताउनुभयो ।”

अन्त्यमा वडा खबरसँग कुरा गर्दै उहाँले भन्नुभयो ?

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.