Share Icon

एजेन्सी ।  गत जुलाईमा दक्षिण कोरियाबाटअवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ ।

दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा गत जुलाइमा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको हाे ।

तर किङलाई कहिले र कहाँबाट निस्कासन गरिने छ भन्ने बारेमा खुलाइएको छैन । उत्तर कोरियाली सैनिक हिरासतमा रहेका किङले आफू जातीय भेदभाव र विभेदको शिकार भएका कारण भागेर उत्तर कोरिया छिरेको दावी गरेका थिए ।

अमेरिकाले भने सुरुदेखि नै किङलाई सकुशल घर फर्कने वातावरण मिलाउन आग्रह गर्दै आएको थियो । किङ उत्तर कोरिया छिर्नु अघि मात्रै दुई महिना सैन्य हिरासतमा बसेको समेत खुलेको थियो ।

Facebook Comments Box

Share Icon