Share Icon

काठमाडाैं । बाराकाे बारागढी गाउँपालिका राेजगार सेवा केन्द्रले कृषक स्तरिय आधुनिक तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिमकाे आयाेजना गरेकाे छ ।

तालिमकाे उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष अशाेक कुमार जयसवालले अर्गानिक तरकारी खेती गरेर भारतीय तरकारी आयात राेक्नुपर्ने धारणा राख्नुभयाे ।

त्यस्तै उहाँले सहभागीहरुलाई तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी तालिमबाट सीप सिकेर व्यावसायिक बन्न आग्रह समेत गर्नुभयाे ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरू तालिममा सहभागी भएकाे गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाका अनुसार पुन: एकीकरण कार्यक्रम अन्तर्गतअन्तर्गत तारकारी खेती र बाख्रा पाल्न सम्बन्धी १५ दिने तालिम सञ्चालन गरिएकाे हाे ।

Facebook Comments Box

Share Icon