वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको छ : अध्यक्ष भट्ट
१ जेठ, काठमाडाैं । नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित दोगडाकेदार गाउँपालिकाको स्थापना दीर्घकालीन सोच “व्यवसायिक, बहुसांस्कृतिक समुन्नत क्षेत्र तथा सामाजिक विकाश ” का साथ बिभिन्न ७ वटा वडा बाट मिति २०७३ फागुन देखि दोगडाकेदार गाउँपालिका हुन गएको हो । यो समुद्री सतह देखि लगभग १४५० मि। जतीको उचईमा र काठमाडौँ देखि लगभग ८४५ कि.मि. को दुरीमा स्थित रहेको छ । दोगडाकेदार गाउँपालिकामा कुल ८ वडा रहेका छन् ।
तर्क राज भट्ट २०७९ सालको स्थानिय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
तर्क राज भट्ट २०७४ सालको स्थानिय तहको चुनावमा वडा सदस्यमा निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो ।
उहाँलाई स्थानियले २०७९ सालको निर्वाचनमा वडा अध्यक्ष निर्वाचन गरे । स्थानियका समस्या तथा विकास प्रतिको उहाँको योगदानलाई स्थानियले मन र मत दुवै दिएर वडा अध्यक्षमा निर्वाचन गरे ।
चालु आर्थिक वर्षको बजेटबाट ७० प्रतिशत काम वडाले गरेर सकेको बाँकी ३० प्रतिशत काम चाडै गरेर सक्ने वडा अध्यक्ष भट्टले बताउनुभयो ।
वडामा सिमीत बजेटबाट असिमीत समस्या समाधान गर्नपर्ने चुनौति रहेको तर पनि निरन्तर सबै चुनौतिलाई आत्मसाथ गर्दै अगाडी बढेकोे उहाँले उल्लेख बनाउनुभयो ।
वडामा जंगली जनावरको आतंक रहेको छ । समाधानका लागी पहल गरिरहेको छौं । । इडिंया संग सिमाना जोडिएको वडा रहेको छ । शिक्षा तथा स्वास्थ्य सेवामा समेत धेरै समस्या रहेको कुरा उल्लेख वडा अध्यक्ष भट्टले गर्नुभयाे ।
वडामा कृषिलाई व्यवसायिक गर्न याहाँको मटो परिक्षण गर्न लागी रहेको कुरा उल्लेख गर्नुभयो । यहाँ सुख्खा जमिन रहेको छ । के खेती गर्न सकिन्छ भनेर निरन्तर रुपमा लागी रहेको वडा अध्यक्ष भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा, खेलकुद, खानेपानि ,सिचाई तथा समग्र वडाका समस्यालाई प्राथमिकताका राखेर काम गर्न लागेका छाैं ।
स्थानियले सदैव साथ र सहयोग गरिरहनुभएकाे छ ।’ उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा विशेष पहल वडामा चालेको हुनाले वडाका स्थानियले राहतको महशुस गरेको वडा अध्यक्ष भट्टले उल्लेख गर्नुभयाे ।
उहाँले थप्दै भन्रुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ ।
जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।”
उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष भट्टले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।
बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष भट्टले वताउनुभयो।
उहाँले भन्रुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु । मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं।”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा सदस्य वाट वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ त्यो विश्वासलाई म निराश हुन दिनेछैन। जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । म याे ५ वर्षकाे कार्यकाल पछि पनि निरन्तर रूपमा एकनाश जनताकाे सेवामा लागी रहने छु ।







