वडाको चौतर्फी विकास गर्दै अध्यक्ष ब्रजाचार्य
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १४ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १४ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निरोज ब्रजाचार्यले बताउनुभयो । स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा स्वास्थ्य , शिक्षा ,खानेपानि , विजुल्लि बत्ति, कृषि , बाटो सडक , धार्मिक तथा सांस्कृतिक योजना तथा कार्यक्रमहरु ल्याएका छौ । धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई पहिलो प्राथमिकता दिदै पाटि पौवा, सांस्कृतिक सम्पदा , गुठि ,धुङगे धारा,मन्दिर क्षेत्रलाई कलात्मक बनाउने योजनामा रहेको छ ।
त्यस्तै स्वास्थ्यको क्षेत्रमा राष्टिय् स्तरकै जेष्ठ नागरिकको लागि ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु कुन औषधि खानुहुन्छ, कुन डाक्टर संग चेकजाच गर्नु हुन्छ ,त्यसको डिजिटल प्रोफाइल राखेर औषधिको सन्तुलनमा राखेर राष्ट्यि स्थाई नयाँ योजना राखेका छौ र वडामै अस्पताल स्थापना गरेर एम्बुलेन्स, डिजिटल एक्सरे मेसिन,र्फामेसी ल्याब,आपिटीको सञ्चालनको लागि कामहरु धमाधम भईरहेका छन । शिक्षा क्षेत्रको लागि वडाको पहलबाट साना बाल बच्चाहरुको लागि मोन्टेसरी स्कुलको स्थापना गर्ने योजना रहेको छ ।
बाटो सडकको मर्मत सम्भार गर्ने र सडक बत्तिहरु जडान गरेका छौ । त्यस्तै रोजगारीको कार्यक्रमहरु गर्ने तयारी रहेको छ । महिला तथा युवाहरुको लागि विभिन्न सिपमुलक तालिमहरु राखेका छौं । सरसफाईका विभिन्न जनचेतनामुलक कार्यक्रमहरु रहेका छन । उहाँ पहिले समाज सेवामै रहेर काम गर्नुभएको थियो ।
त्यस्तै पर्यटकीय क्षेत्रलाई जोड दिदैवडा नम्बर १३ र १४लाई जोड्ने झोलुङगे पुल निमार्ण गरेर बञ्चे जम्पिङको निमाणर््ा गर्ने कामहरु तिब्र गतिमा भईरहेको छ । वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् , उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी निरन्तर लागि परेका छौ । वडाको चौतर्फी विकासको लागि हामी वडामा सदैब लागि परेका छौ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन ।
जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । अन्त्यमा वडा नम्बर १४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।







