Share Icon

५ वैशाख, काठमाडाैँ । नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो ।

साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा।वि।स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान (२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

नवलपरासी ९ बर्दघाट सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेको हो । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेको यस नगरपालिकामा ५४,१४० जनसंख्या बसोबास गर्दछन् ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित मध्य विन्दु नगरपालिका वडा नं.१५ का वडा अध्यक्ष यम बहादुर के.सी.ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

मध्य विन्दु नगरपालिका वडा नं. १५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष यम बहादुर के.सी.।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष के.सी.अहोरात्र खटिरहनुभएको छ ।

वडा अध्यक्ष के.सी.भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ । ”

यम बहादुर के.सी.वडा अध्यक्ष निर्वाचित हुनुभन्दा व्यापार व्यवसायमा आबद्ध भए सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

मध्य विन्दु नगरपालिका वडा नं. १५ मा वडा र पालिकाबाट १ करोड ५० लाख, प्रदेशबाट ८ करोड र बजेट विनियोजन गरिएको वडा अध्यक्ष यम बहादुर के.सी.ले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष के.सी. ले बताउनुभयोे ।

वडा अध्यक्ष के.सी.ले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता खानेपानीलाई दिए साथसाथै एक घर एक धारा निमार्ण गर्ने अभियानका साथ बृहत रुपमा कामहरु अगाडि बढाईरहेको छौ । ”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा यस वडामा भौलिक विकटताको कारणले स्वास्थ्य सुविधाहरुको लिन कठिनाई रहेकोले वडामै सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेर वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष के.सी.ले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ”  शिक्षाको क्षेत्रमा आधुनिक शिक्षण प्रणाली ल्याउन वडामा रहेको सबै विद्यालयमा एउटै पाठ्यक्रमहरु लागु गर्न विशेष जोड दिएको र भौगोलिक विकटताको कारणले बाटो कच्चि भएको विद्यालयसम्म गाडि मोटर जान असहज भएकोले बाटोको स्तरउन्नति गर्न विशेष जोड दिएका छौ । ”

त्यसै गरी वडामा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सिलाई कटाई तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष के.सी.ले जानकारी दिनुभयो ।

कृषि प्रर्वधन गर्दै मौरी पालनलाई व्यवसायमय बनाउनको लागि मौरीको घारहरु वितरण गर्ने र विभिन्न तरकारी र अन्नबालीहरुको विउँ वितरण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष यम बहादुर के.सी.ले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon