वडा कार्यालयद्वारा हवन सामग्री बनाउने तालिमकाे अनुगमन

Share Icon

काठमाडाैं । कैलालीकाे टीकापुर नगरपालिका वडा नम्बर २ को कार्यालयले पुजाका सामग्री (हवन सामग्री) बनाउने तालिमकाे अनुगमन गरेकाे छ ।

वडा अध्यक्ष दिपक चौधरीकाे नेतृत्वमा पुजाका सामग्री (हवन सामग्री) बनाउने तालिमकाे अनुगमन गरिएकाे हाे ।

अनुगमनका क्रममा वडा अध्यक्ष चाैधरीले हवन सामग्री बनाउने तालिम व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे,’हवन सामग्री बनाउने तालिमबाट सीप सिकेर आफैँ व्यवसाय सुरु गरे, यसले परिवारकाे आर्थिक स्तर वृद्धि गर्नमा केही हदसम्म टेवा पुग्नेछ।’

‘सीप सिकौं आत्मनिर्भर बनौं,परिवर्तनको सुरुवात आफैँबाट गरौं’ भन्ने मुल नाराका साथ वडा कार्यालयकाे आयाेजनामा हवन सामग्री बनाउने तालिम भइरहेकाे छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.