सी जिनपिङको अमेरिका भ्रमणमा के भयो, के भएन ?
एजेन्सी । चीन अमेरिकासँग सम्बन्ध सुधार गर्न चाहन्छ । सँगसँगै शक्ति प्रदर्शन पनि । यसपटक चीनका राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणमा पनि त्यस्तै भयो । एशिया प्रशान्त आर्थिक सहकार्य सम्मेलनका दौरान अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता भएको थियो । बाइडेनले कार्यकाल सम्हालेयता यी दुई नेताबीच दुईपटक भेट भएको छ । यस भेटमा सीले ताइवानलाई चीनमा एकीकरण गर्ने दृढता प्रकट गरे । यसका निम्ति बल प्रयोगको विषयमा भने बोलेनन् । अर्कोतर्फ अमेरिकाले प्राविधिक क्षेत्रमा प्रतिबन्ध लगाउँदा केही असर परेको स्वीकार गरे । तर चीनलाई नियन्त्रण गर्ने अमेरिकी प्रयास निरर्थक रहेको बताए । विश्वमै आफ्नो प्रभाव जमाउने आकांक्षा…
