नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता
प्रकाश सिलवाल २६ भदौ,काठमाडौँ । हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उहाँको अप्रत्याशित निधन भएकामा दुःख व्यक्त गरेका छन्, उहाँले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेल्नुभएको भूमिकाको स्मरण गर्न भुलेका छैनन् । श्रद्धाञ्जलि दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता हुनुहुन्थ्यो । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जलि दिँदै उहाँका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जलि र समवेदाना दिन…
