वडा खबर सम्वाददाता

1908 Posts
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय

२६ भदौ, काठमाडौँ । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिनुभयो । मन्त्री किरातीका अनुसार सरकारले उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो ।
Read More
‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’

‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’

२६ भदौ,काठमाडौँ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभएको हो । “सीमित स्रोत र साधनको बीच पर्यटक प्रहरीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गरेको छ”, उहाँले भन्नुभयो । महानिर्देशक लुइँटेलले पछिल्लो समय पर्यटन विभागले पर्यटक प्रहरीलाई दक्ष बनाउनका लागि विभिन्न भाषाको तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । पर्यटक प्रहरी नेपाल प्रहरीको काम गर्ने सक्षम ‘युनिट’ बनेको उहाँको भनाइ थियो । पर्यटक प्रहरी कार्यालयबाट सरुवा…
Read More
संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

२६ भदौ,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गर्नुभयो । नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिङ्गो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल हुनुभएको उल्लेख गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो । एमाले उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन…
Read More
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना

संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना

२६ भदौ, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताउनुभएको छ । आज शोक वक्तव्य जारी गर्दै उहाँले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गर्नुभयो । “२०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ”, जारी शोक वक्तव्यमा भनिएको छ, “नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो ।” अध्यक्ष तिमिल्सिनाले नेता नेम्वाङको सुझबुझपूर्ण ढङ्गले सबै…
Read More
एमाले उपाध्यक्ष नेम्वाङको निधन

एमाले उपाध्यक्ष नेम्वाङको निधन

२६ भदौ,काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले राससलाई बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुग्नुभएको थियो । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।
Read More
एमाले उपाध्यक्ष नेम्वाङको निधन

एमाले उपाध्यक्ष नेम्वाङको निधन

२६ भदौ,काठमाडौँ। संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले राससलाई बताउनुभयो । उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुग्नुभएको थियो । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।
Read More
डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

२५ भदौ,मलेखु (धादिङ) । धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन । आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहनुभएका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ । “पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर रू १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो”, चेपाङले भन्नुभयो, “अहिले बजारमा डोको बिक्न छोड्योे…
Read More
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

२५ भदौ,चितवन । जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको केसीले बताउनुभयो । जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । छ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा…
Read More
काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची

काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची

२५ भदौ,काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनलगायतका छन् । साथै सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडास्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यकपर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनलगायत रहेको…
Read More
कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक : अध्यक्ष यादव

कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक : अध्यक्ष यादव

२५ भदौ, मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गर्नुभयो । उहाँले मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काकोे सहयोगी भएको समेत बताउनुभयो । लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताउनुभयो ।
Read More
Page 11 of 191
1 … 9 10 11 12 13 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.