कोशी प्रदेशमा राजनीतिक स्थिरताका लागि दलबीच सहकार्य आवश्यक : अध्यक्ष यादव

२५ भदौ, मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्नेमा जोड दिनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकाले यसले कांग्रेसलाई नै मद्दत गर्ने दाबी गर्नुभयो ।
उहाँले मोर्चाले कांग्रेससँग सहकार्य गरी आगाडि बढ्ने र एकअर्काकोे सहयोगी भएको समेत बताउनुभयो । लोकतन्त्र, आर्थिक विकास, समृद्धि, सङ्घीयता र गणतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न मोर्चा र कांग्रेस एक हुन आवश्यक रहेको बताउनुभयो ।

Facebook Comments Box
Related posts:
महामन्त्री शर्मा भन्छन्– उपनिर्वाचनको परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दियो
पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्याउँछौँ : मन्त्री शर्मा
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
प्रहरीले अन्तरराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
