वडा खबर सम्वाददाता

1908 Posts
खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

प्रेम रौले २८ भदौ, बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिनुभयो । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उहाँले बताउनुभयो । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ…
Read More
साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

२८ भदौ, काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गर्नुभएको हो । प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो– “उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ÷ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ । तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए…
Read More
टीकापुर गौशालाले गोबर मल बिक्री थाल्यो

टीकापुर गौशालाले गोबर मल बिक्री थाल्यो

२८ भदौ,टीकापुर (कैलाली) । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गार्ईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो । गौशालाले २० किलो र २५ किलोको प्याकेट बनाएर प्रतिकिलो रु १२ मा मल बिक्री थालेको छ । विगतमा मल रु चार हजार प्रतिट्रलीका हिसाबले बिक्री हुन्थ्यो । अब ट्रली लिनका लागि रु पाँच हजार शुल्क तोकिएको छ । गौशालामै आएर लिनेले मात्र मल पाउने व्यवस्थालाई हटाउँदै टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशी बताउनुहुन्छ । “थोरै लिनेलाई…
Read More
सन्दर्भ कुशे औँसी : छोरा कुरीरहनुभएका बा !

सन्दर्भ कुशे औँसी : छोरा कुरीरहनुभएका बा !

डम्मर बुढा मगर २८ भदौ,ढोरपाटन (बागलुङ) । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उहाँ चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाउनु भएको छैन । अहिले उहाँ मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बस्नुभएको छ । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको,…
Read More
कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

२८ भदौ, किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो । जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिनुभएको हो । कारागार विभाग र जिल्ला सुरक्षा समितीको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए । कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर…
Read More
सुन प्रकरणको अनुसन्धान नरोकिने

सुन प्रकरणको अनुसन्धान नरोकिने

२८ भदौ,काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अनुसन्धान जारी राख्ने जानकारी दिनुभयो । बुधबार सिआइबीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालत जाँदै छ तर सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद…
Read More
यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

२७ भदौ, म्याग्दी । गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युुतीय अभिलेख राख्ने काम सकिएको बताउनुुभयो । “कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो”, उहाँले भन्नुुभयो, “यस वर्ष बागलुुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल…
Read More
कुरुङदीको पाखैभरी केरा खेती ः रोगले हैरान किसान

कुरुङदीको पाखैभरी केरा खेती ः रोगले हैरान किसान

२७ भदौ, गलेश्वर (म्याग्दी । शिरानमा घना जङ्गल पुछारतर्फ बुट्यान सहितको उर्वर फाँट र नागबेली परेर बगेको म्याग्दी नदी । जङ्गलकै बीचमा २२ रोपनी क्षेत्रफलमा गरिएको केराखेती पारीपट्टीको डम्मरा गाउँबाट हेर्दा केराकै जङ्गलजस्तो देखिने बगरफाँटको कुरुङ्दी क्षेत्रमा विस्तार भएको केराखेतीले वन नै ढाकिएको छ । सदरमुकाम बेनीबजारदेखि तीन किलोमिटर पश्चिममा पर्ने बगरफाँट गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्ये आम्दानी गर्न सफल भएका छन् । बगरफाँटका २० घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट वार्षिक रु ६० लाख आम्दानी गर्दै आएका छन् । व्यापारी केरा बगानमै आएर खरिद गर्ने गरेको बगरफाँटका किसान खिमबहादुर कार्कीले जानकारी दिनुभयो । यहाँका किसानले धान…
Read More
मकै बाली जोगाउन रातभर जाग्राम

मकै बाली जोगाउन रातभर जाग्राम

२७ भदौ,अछाम । यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जङ्गली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् । “मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन”, मङ्गलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुङ्गानाले भन्नुभयो । किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन् । दिनभरि बाँदर र रातभरि बँदेल आतङ्कले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताउनुभयो । “रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन”, भण्डारीले…
Read More
गोकर्णेश्वर मेलाको तयारी पूरा

गोकर्णेश्वर मेलाको तयारी पूरा

२७ भदौ, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते बिहीबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउँदै छन् । मेलाका लागि लागि मंगलबारदेखि तयारी गरिएको छ । उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र…
Read More
Page 7 of 191
1 … 5 6 7 8 9 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.