वडा खबर सम्वाददाता

1908 Posts
एसियाली खेलकुदमा आत्मविश्वासी खेलाडी

एसियाली खेलकुदमा आत्मविश्वासी खेलाडी

२९ भदौ, कास्की । एशिया महादेशको सर्वोच्च प्रतियोगिता हो, एसियाली खेलकुद । यसलाई एसियाड पनि भन्ने गरिन्छ । छिमेकी मुलुक चीनको हाङझावमा आगामी असोज ६ देखि २१ गतेसम्म एसियाडको १९ औँ संस्करण हुँदैछ । यसपटकको एसियाडमा नेपालले २९ खेलमा भाग लिएको उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष गरी दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले बिहीबार औपचारिक बिदाइसमेत गरेको छ । प्रतियोगिताका लागि पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भयो भने अन्य खेलका लागि राजधानी काठमाडौँ तथा देश बाहिर पनि प्रशिक्षण गरिएको थियो । महिला ह्याण्डबल, पुरुष रग्बी,…
Read More
दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

२९ भदौ,गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा डम्बरबहादुर नेपालीले जानकारी दिनुभयो । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्नेे र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उहाँले बताउनुभयो । “सिमलगैरामा विद्युत्गहृ रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण…
Read More
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

२९ भदौ,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गर्नुभएको छ । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उहाँले जोड दिनुभएको छ । “मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मल्ूयमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह…
Read More
बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

२९ भदौ,मकवानपुर । बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ । प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।
Read More
मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल

मधेसमा ‘मुटु’ छामिरहेका डा निश्चल

टीकाराम सुनार र निरञ्जनकुमार साह २८ भदौ,जनकपुरधाम । यही भदौ ५ देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मुटुरोगको उपचार सेवा सुरु भयो । उक्त सेवा सुरु भएपछि अस्पतालका निर्देशक डा रामनरेश पण्डितले भन्नुभएको थियो, “जनशक्ति अभावले लामो समयदेखि मुटुको परीक्षण गर्ने इन्डोस्कोपी मेसिन थन्कइएकोमा शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सक डा निश्चल साह आएपछि मुटुको उपचारसम्बन्धी सेवा सुरु भएको छ । अब अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म ओपिडी सेवा सञ्चालन हुनेछ ।” डा पण्डितको भनाइमा लय मिलाउँदै डा साहले पनि भन्नुभएको थियो, “मुटुको सम्पूर्ण अवस्थाका विषयमा इसिजी तथा इन्डोस्कोपी गरेर जानकारी लिन सकिनेछ । अब गम्भीर प्रकृतिका उपचार (शल्यक्रिया) पनि अगामी दिनमा सुरु गर्नेछाँै । अहिले…
Read More
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप

२८ भदौ,एजेन्सि । म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एलडिसी०ले लगाएको छ । “हामी विशेष चिन्तित छौं किनकी उहाँले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन । सैनिक सरकारले उहाँको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उहाँलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडिसील्े एक विज्ञप्ति निकालेर भनेको छ । हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीय नोबेल पुरस्कार विजेता नेत्री दाँतको सङ्क्रमणको कारण बेहोस हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित हुनुभएको र खाना खान…
Read More
प्यालेस्टिनी शरणार्थी शिविरमा भीषण लडाइँ, छ जनाको मृत्यु

प्यालेस्टिनी शरणार्थी शिविरमा भीषण लडाइँ, छ जनाको मृत्यु

२८ भदौ, एजेन्सि। लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छभने एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ । प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन् । धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन् । करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ । संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन…
Read More
भियतनाम पहिरोमा पाँच जना पुरिए

भियतनाम पहिरोमा पाँच जना पुरिए

२८ भदौ, एजेन्सि । उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छभने अन्य चार जना बेपत्ता भएका छन् । भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएका,एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको छ । सोही प्रान्तको सापा नगरको पर्यटकीय स्थलमा ‘प्राकृतिक प्रकोप आपत्काल’ घोषणा गरिएको छ । लाओ काइ प्रान्तमा मात्र एक करोड अमेरिकी डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएकोछ । यसैगरीे हागियाङ र येन बाई प्रान्तका नौ घर पुरिएका तथा ३० हेक्टर धान र सागसब्जी…
Read More
दुई किलो धुलो सुन बरामद

दुई किलो धुलो सुन बरामद

२८ भदौ, एजेन्सि । सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा रु एक करोडभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् । मुम्बई भन्सार अधिकारीका अनुसार रु एक करोड पाँच लाख २७ हजार बराबरको सुनको धुलो दम्पतिले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बारमद भएको हो । बरामद सुनको धुलो २४ क्यारेटको हो । आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । विस्तृत विवरण प्राप्त हुन बाँकी छ । यसअघि केरलाको कोचीन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई…
Read More
लिबिया बाढी ः बीस हजारले ज्यान गुमाएको आशङ्का

लिबिया बाढी ः बीस हजारले ज्यान गुमाएको आशङ्का

२८ भदौ, एजेन्सि । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ । पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् । बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै…
Read More
Page 5 of 191
1 … 3 4 5 6 7 … 191
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.