टीकापुर गौशालाले गोबर मल बिक्री थाल्यो
२८ भदौ,टीकापुर (कैलाली) । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गार्ईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो । गौशालाले २० किलो र २५ किलोको प्याकेट बनाएर प्रतिकिलो रु १२ मा मल बिक्री थालेको छ । विगतमा मल रु चार हजार प्रतिट्रलीका हिसाबले बिक्री हुन्थ्यो । अब ट्रली लिनका लागि रु पाँच हजार शुल्क तोकिएको छ । गौशालामै आएर लिनेले मात्र मल पाउने व्यवस्थालाई हटाउँदै टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशी बताउनुहुन्छ । “थोरै लिनेलाई…
