बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग
२९ भदौ, मलेखु । सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिनुभएको छ । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको हो भन्दै उहाँले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु हुने बताउनुभयो । शुक्रबार गृह जिल्ला धादिङ पुग्नुभएका सङ्घीय सांसद अर्यालले पत्रकार भेटघाटमा भन्नुभयो, “सरकारले चासो र ग्यारेन्टी लिन प¥यो, अनि पो जनता ढुक्क हुन्छौँ । लगानी गर्ने वातावरण बन्छ अनि जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ । विदेशी लगानी पनि चाहिँदैन । ” मुआब्जा…
