समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

२९ भदौ,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गर्नुभएको छ । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उहाँले जोड दिनुभएको छ । “मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मल्ूयमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउ जस्तै हुन् । सही हेरचाह…
Read More
पर्वतमा ‘किङकोब्रा’ भेटियो

पर्वतमा ‘किङकोब्रा’ भेटियो

२८ भदौ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ । चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ । डभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो । यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा नं १२ ठूली पोखरीमा पनि राजगोमन भेटिएको थियो ।
Read More
इच्छाकामना महोत्सव सुरु

इच्छाकामना महोत्सव सुरु

२८ भदौ,मुग्लिन । चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो । बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । इच्छाकामना धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा सम्भावना रहेको गाउँपालिका रहेको उहाँको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको समग्र सामाजिक आर्थिक विकासका लागि कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा यी चार क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताउनुभयो । यी चार क्षेत्रलाई कसरी समृद्ध बनाउन सकिन्छ भनेर आफूहरु लागिरहेका बेला यस्ता खालका महोत्सवले…
Read More
साकेलामा घुम्ती शिविर मार्फत सेवा

साकेलामा घुम्ती शिविर मार्फत सेवा

२८ भदौ,खोटाङ। साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट सात सय ५८ नागरिकले सेवा लिएका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोलटोलमा आयोजना गरिएको घुम्ती शिविरबाट दुई सय ४३ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, दुई सय ९० जनाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण र दुई सय ५५ घरधुरीले जग्गाको कर बुझाएका छन् । सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यका साथ टोलस्तरमा सरकारी सेवाको प्रबन्ध मिलाइएको साकेला–१ का वडाध्यक्ष हेमन राईले बताउनुभएको छ । “गाउँपालिकाको अन्य वडाको तुलनामा यो वडा भौगोलिक रुपमा विकट र ठूलो भएका कारण विभिन्न सेवाहरु टोलस्तरबाट प्रदान गर्ने…
Read More
पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड

पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड

२८ भदौ,काठमाडाैँ ।  दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया ९पितृ तीर्थ धाम०मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीकोसमेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल –जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ । सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण,…
Read More
हल्दिबारीमा खानेपानी निःशुल्क वितरण

हल्दिबारीमा खानेपानी निःशुल्क वितरण

२८ भदौ,बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । “१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो । यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा रु एक सय २० तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ । गाउँपालिकाले विपन्न स्थानीयवासीलाई धाराको मिटर निःशुल्क वितरण गरेको छ । गाउँपालिकाले सात सय ५६…
Read More
अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु

२८ भदौ, डडेल्धुरा । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताउनुभयो । अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।
Read More
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

२८ भदौ,काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उहाँको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।
Read More
खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

प्रेम रौले २८ भदौ, बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिनुभयो । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उहाँले बताउनुभयो । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ…
Read More
साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

२८ भदौ, काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गर्नुभएको हो । प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो– “उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ÷ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ । तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए…
Read More
Page 44 of 304
1 42 43 44 45 46 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.