समाज

आज विश्व शान्ति दिवस मनाइँदै

आज विश्व शान्ति दिवस मनाइँदै

४ असोज, काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ ।   यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।…
Read More
विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह

विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह

३ असोज,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।” महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको…
Read More
विकास र समृद्धिका लागि सङ्घीयताको व्यवहारिक कार्यान्वयनमा जोड

विकास र समृद्धिका लागि सङ्घीयताको व्यवहारिक कार्यान्वयनमा जोड

वासुदेव पौडेल र कृष्ण दवाडी ३ असोज, गण्डकी । नवौँ संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष कार्यक्रममा संविधानको मर्म र भावना अनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न सङ्घीयताको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । उत्साहपूर्ण व्यपाक जनसहभागितामा संविधानसभाबाट प्राप्त भएको संविधान आफैँमा महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमका वक्ताहरूले संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन एवम् दायित्व पूरा गर्न सम्पूर्ण राजनीतिक दल एवम् आम नागरिकको सार्थक पहल र सहकार्य आवश्यक भएको बतानुभयो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान दिवसले सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान…
Read More
भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

३ असोज,कञ्चनपुर। भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ । नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ । महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरुको हकमा आइइइ रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहँुदा सम्मका लागि रोक लगाइएको…
Read More
नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

 ३ असोज,मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी हुँदा भरतपुरतिर जानुपर्ने बाध्यता हटेको मध्यविन्दु नगरपालिका–७ की माया न्यौपानेले बताउनुभयो । “आफ्नै गाउँ नजिकै यसरी धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “दिनरात जुन समयमा स्वास्थ्य समस्या परे पनि उपचार पाइन्छ भन्नेमा विश्वस्त भएका छौँ ।” नगर अस्पताल व्यवस्थित हुँदा…
Read More
भारतमा आतंकवादको खतरा रहेको भन्दै क्यानडाले जारी गर्‍यो ट्राभल एडभाइजरी

भारतमा आतंकवादको खतरा रहेको भन्दै क्यानडाले जारी गर्‍यो ट्राभल एडभाइजरी

३ असोज, काठमाडौं । क्यानडाले भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । भारतसँग तनाव बढिरहेका बेला ट्राभल एडभाइजरी जारी गर्दै क्यानडाले अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको हो । मंगलबार जारी ट्राभल एडभाइजरीमा लेखिएको छ, ‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।’ भारतका गुजरात, पन्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ । गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको छ ।…
Read More
संविधान दिवस भव्यताका साथ मनाइयाे

संविधान दिवस भव्यताका साथ मनाइयाे

काठमाडाैं । संविधान दिवस भव्यताका साथ मनाइएको छ। आज बिहान टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको हो। समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका थिए। त्यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भने विदेशमा रहेकाले आजको समारोहमा उपस्थित छैनन्। उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा छन्। समारोहमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का उपस्थित छन्।  
Read More
विचार : गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता

विचार : गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता

शङ्कर तिवारी ३ असोज, काठमाडौँं ।संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तक्र्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू उल्लेख गर्दछन् । नेपालमा ३ असोज २०८० मा गणतान्त्रिक संविधान जारी भएको आठ वर्ष पूरा हुँदैछ । नेपालको संविधान विकास क्रम, संविधानको अन्तरवस्तु र संविधानको कार्यान्वयनको अनुभवमा केन्द्रित भएर यो आलेखमा गणतान्त्रिक संविधानबारे केही कुरा राख्ने कोसिस गर्नेछु । दुनियाँमा सबैभन्दा धेरै संविधान बनाउने देशको सूचीमा नेपाल पर्दछ । यो अनौठो सत्यबाट यो लेख सुरू गर्नु सान्दर्भिक हुन्छ । अमेरिकाले १७८७ मा लेखेको संविधानले अहिलेसम्म…
Read More
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

२ असोज,काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् । रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त…
Read More
सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

२ असोज,दोलखा । सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न नपाउँदै यहाँका कृषकले काउली, बन्दालगायत तरकारी लगाउन थालिसकेका छन् । बारीका गरा निकै सुन्दर र हरियाली देखिन्छन् । दोलखाको शैलुुङ गाउँपालिका–८ शैलुुङ डाँडाको तल्लो भागमा स्थानीयले बन्दा, काउली, मटरकोसा, केराउ, गाँजर, हिरोयो मकैलगायत बेमौसमी तरकारी खेती गरेका छन् । यहाँका किसानले लाखौँ मूल्य बराबरको आलुु बिक्री गरेका छन् । स्थानीय लालबहादुर श्रेष्ठका अनुसार यो ठाउँ निकै अग्लो स्थानमा पर्ने भएकाले पनि यहाँको आलुु, काउली, बन्दालगायत…
Read More
Page 41 of 304
1 39 40 41 42 43 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.