समाज

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

७ असोज,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको काभ्रेपलाञ्चोक एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमका संयोजक बद्रिप्रसाद माकाजुले बताउनुभयो । सशक्तिकरण कार्यक्रमको व्यवस्थापन तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहयोगमा उक्त हाटबजार सञ्चालनमा ल्याइएको हो । हाट बजारमा फर्सिको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, रैथाने कुखुरा,…
Read More
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

७ असोज,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित बिदाइ कार्यक्रममा क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आजै हाङ्जाउ प्रस्थान गर्नेछन् । नेपालले यही असोज १० गते आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्ने छ । त्यस्तै नेपालले समूह चरणको दोस्रो खेल असोज १४ गते माल्दिभ्ससँग खेल्नेछ । एसियाडमा सहभागिता जनाउने नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी,…
Read More
शिक्षकहरुसँग औपचारिक वार्ता जारी, आज निष्कर्षमा पुग्ने दाबी

शिक्षकहरुसँग औपचारिक वार्ता जारी, आज निष्कर्षमा पुग्ने दाबी

५ असोज, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरुका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनको भनाइ छ । शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानुनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले भने, ‘शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।’ मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता जारी छ । यसअघि बिहीवार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू विद्यालय…
Read More
विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

५ असोज,झापा। हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो । ज्येष्ठ नागरिक बिरामीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका अस्पतालमा लैजानुपरेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानुपरेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ । पालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उहाँले बताउनुभयो । यसैगरी मिर्गौला रोगको कारण डायलायसिस…
Read More
बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

५ असोज, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार…
Read More
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

५ असोज, काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए । पछि उनी नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए । २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । त्यसपछि उनी चुनाव लडेनन् । पछि उनी नेपाली कांग्रेस…
Read More
सरकार र शिक्षकबीच आज औपचारिक वार्ता

सरकार र शिक्षकबीच आज औपचारिक वार्ता

५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ । वार्ता बिहान नौ बजे सुरु गर्ने तयारी छ । यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी थिए । बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरुसहित शिक्षकका प्रतिनिधिहरुसँग छलफल भएको थियो । साँझ ७ बजेदेखि सुरु भएको…
Read More
हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

५ असोज,काठमाडौँ । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा १२ वर्षअघि सुरुआत गरिएको हो । गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गरिएको थियो । गत भदौ १७ गतेदेखि भने पुनः २४ घण्टा सञ्चालनमा ल्याइएको छ । हाल एक उपसचिवको नेतृत्वमा आठ जना आवश्यक जनशक्तिसहित…
Read More
आलुकाे उचित मूल्य नहुँदा कृषक चिन्तित

आलुकाे उचित मूल्य नहुँदा कृषक चिन्तित

४ असोज,भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताउनुभयो । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उहाँको भनाइ छ । चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । “यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ”, विष्टले भन्नुभयो, “मूल्यमा…
Read More
आजको मौसम : हल्का वर्षाको सम्भावना

आजको मौसम : हल्का वर्षाको सम्भावना

४ असोज,काठमाडौँ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । आज कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पछिल्लो तीन घण्टा यता विशेष गरी कोशी प्रदेशको…
Read More
Page 40 of 304
1 38 39 40 41 42 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.