समाज

प्रहरीद्वारा विमानस्थलबाट नौ सय ६० ग्राम सुनसहित एक पक्राउ

प्रहरीद्वारा विमानस्थलबाट नौ सय ६० ग्राम सुनसहित एक पक्राउ

२६ भदौ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ जनाएको छ ।
Read More
कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

२६ भदौ, काठमाडौँ। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुनेभएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिनुभयो । “नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज १५ गतेबाट पूर्णरुपमा लागू हँुदैछ । नवीकरण भने केही समय भौतिक रुपमा र त्यसपछि अनलाइनबाटै गर्ने तयारी गरेका छौंँ”, उपरजिष्ट्रार कार्कीले भन्नुभयो । कम्पनी रजिष्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) का लागि केही…
Read More
पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी

पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी

रुपनी जिएम २६ भदौ, जानकी (बाँके) । “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडि कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गर्नुभयो । तत्कालीन समयमा रु पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० सम्मको फाइदा भएको उहाँले बताउनुभयो । “सुरुमा सानो पुँजीमा पाँच वटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो”, उहाँले भन्नुभयो, “एउटा गहनाबाट त्यतिखेर दुई सय ५०…
Read More
प्रजातन्त्र सेनानी नेपालको निधन

प्रजातन्त्र सेनानी नेपालको निधन

२६ भदौ,मध्यविन्दु (नवलपरासी) । प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति हुनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोग्नुभएका उहाँ २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहनुभएको नेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताउनुभयो । “२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उहाँले भन्नुभयो, “विसं २०३५ मा सङ्घसंस्था…
Read More
सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

२६ भदौ,गोरखा । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब चार सय ४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ । सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । आयोजना निर्माण विसं २०७३ देखि सुरु भएको थियो । यस आयोजनाबा लक्ष्मीबजार, शिखर, पदेलडाँडा, चिसापानी, डाँडागाउँ र मार्चुगाउँमा खानेपानीको सुविधा पुगेको सिद्ध बागेश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिनुभयो । “आयोजनाबाट अहिलेसम्म चार सय ४२ घरघुरीमा खानेपानी धारा जडान गरी पानी वितरण गरिसकिएको छ”, उहाँले भन्नुभयोे, “करिब पाँच सय घरघुरीमा खानेपानी वितरण गर्ने आयोजनाको…
Read More
अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

२६ भदौ,काठमाडौँ ।नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ । कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन् । यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ । यही भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को पहिलो प्रदर्शनी भयो । जसमा कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठ सहभागी हुनुभयो । उहाँहरूले आफ्नो चलचित्रको विषयमा स्थानीय मिडियालाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग साक्षात्कार गर्नुभयो…
Read More
जङगली हात्तीका कारण सास्ती

जङगली हात्तीका कारण सास्ती

२६ भदौ,कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जङ्गली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । उनहीहरुले जङ्गली हात्ती नियन्त्रणका लागि माग गरेका छन् । भारतको दूधुवा नेशनलपार्क हँुदै आउने गरेको जङगली हात्तीको बथानले धानबालीमा नोक्सानी गर्न थालेपछि किसानले हात्ती नियन्त्रणका लागि माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गतपर्ने शुक्लाफाँटा नगरपालिका– ५, ६,७ र ८ का किसान हात्ती आतङ्कबाट त्रसित छन् । हात्तीकै डरले साँझ नपर्दै स्थानीयले गाउँमा हिँडडुलसमेत बन्द गरेका छन् । हात्तीको बथानले चार दिनदेखि यस क्षेत्रका किसानको धानबाली नोक्सानी गर्दै आएको छ । पाक्नै लागेको धानबली खान लागेको हात्तीको बथान भगाउन जाँदा आक्रमण गर्न…
Read More
ओझेलमा परेको रामजानकीकोे विवाह मण्डप बन्दै

ओझेलमा परेको रामजानकीकोे विवाह मण्डप बन्दै

२६ भदौ,महेन्द्रनगर (धनुषा)। भगवान् रामजानकीको विवाह भएको वास्तविक विवाह मण्डप जनकपुरधाम उपमहानगरपालिका– १३ मनिमण्डपमा निर्माण थालिएको छ । तेत्रा युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी राजकुमारी जानकीबीच भएको विवाह यसै मनिमण्डपमा भएको धार्मिक विश्वास छ । पछि जानकी मन्दिर छेउमै विवाह मण्डप बनाइएपछि ओझेलमा परेको यो विवाहमण्डप भव्य नयाँ स्वरुपमा बनाइँदै छ । मनिमण्डपको उत्तरतर्फ आकर्षक कलाकृतिसहितका भवन बन्दैछन् । चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झल्को दिने गरी विवाह मण्डप बनाउन लागिएको छ । अहिले उक्त मण्डपमा रामजानकीको विवाहमा भएजस्तै सम्पूर्ण सामग्रीको व्यवस्था गर्न लागिएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन विभागको सङ्घीय आयोजना कार्यान्वयन इकाईले कूल रु…
Read More
देशले नदेखेको नार्पाभूमि

देशले नदेखेको नार्पाभूमि

–नवीन लामिछाने २६ भदौ, मनाङ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको नजर पर्न सकेको छैन । तर, नार्पाभूमि विकट भएर पनि हुनसक्छ सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले…
Read More
विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

२५ भदौ,दोलखा ।दोलखाको भिमेश्वर नगरपालिका–९ झिँगानेमा रहेको कालिदेवी प्राथमिक विद्यालयमा विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालय भवन नहुँदा कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा ४० जना विद्यार्थी कष्ठकररुपमा अध्ययन गर्न बाध्य छन् । भूकम्पपछि विद्यालय भवन दाताले सामान्यजस्ताका टहरा निर्माण गरिदिएपनि पक्की भवन निमार्ण हुन सकेको छैन । विद्यालय प्राङ्गणमा खेल मैदानसमेत छैन । विद्यार्थीहरु आधा घण्टाको दूरीमा रहेको मैदानमा खेल खेल्न जाने गरेको विद्यालयका प्रधानाध्यापक नारायण खड्काले बताउनुभयो । उहाँका अनुसार टहरामा घाम लागेको बेला अत्यधिक गर्मी हुने र पानी परेको समयमा आवाजले पढ्न नसकिने अवस्था छ । साथै हिउँ पर्ने समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था…
Read More
Page 47 of 304
1 45 46 47 48 49 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.