समाज

आजबाट नयाँ नोट साट्न पाइने

आजबाट नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं,तिहार,छठ लगायत चाडपर्वलाई लक्षित गर्दै आज सोमबारबाट नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । त्यसैगरी उपत्यकाबाहिर राष्ट्र बैंकले तोकेका बैंकहरुका प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो । १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय…
Read More
इजरायल आक्रमणमा ज्यान गुमाएका १० नोपली मध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दूताबासलाई हस्तान्तरण

इजरायल आक्रमणमा ज्यान गुमाएका १० नोपली मध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दूताबासलाई हस्तान्तरण

काठमाडौं । इजरायल सरकारले इजरायलमा आक्रमणमा ज्यान गुमाएका १० नोपली मध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ । दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको छ । प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ । दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । उनको खोजीकार्य तीव्र पारिएको जानकारी दिइएको छ । दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । अर्का एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमा…
Read More
जुम्ला समाचार : सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्वन्ध

जुम्ला समाचार : सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्वन्ध

२९ असोज, जुम्ला । ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका नगर प्रमुख र उपप्रमुखसँग सिंजा र दुल्लु क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने गरी भगिनी सम्बन्धको ऐतिहासिक निर्णय भएको छ ।” कल सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका…
Read More
धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ् । धादिङ्मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार उत्तरी धादिङ्को गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा अनुरोध तामाङको मृत्यु भएको हो । धादिङ्बेसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नंम्बरको जीप आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङ्का प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । दुर्घटनामा गंगाजमुना गाउँपालिका–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेमा ३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालक घाइते भएका छन् । घाइतेहरुको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम…
Read More
हनुमान ढोकास्थित दशैँ घरमा जमरा राखियो

हनुमान ढोकास्थित दशैँ घरमा जमरा राखियो

२८ असाेज, काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । आईतवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत ११ बजेर २९ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । आईतवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँ घरमा जमरा…
Read More
पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

दिलकुमार लिम्बू २८ असोज,फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ । यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइमा पर्छ तोक्पेगोला । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर छन् । स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनि सूचीकृत गरिएको छ । झुरुप्प घर । काठले छाएको छानो । भोटे झ्याल । टाढाबाट देख्नेबित्तिकै लाग्छ कि…
Read More
ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु

ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु

२८ असोज, भादगाउँ (भक्तपुर)। आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ । नवरात्रको समयमा नौ दिनसम्म क्रमशः भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी मन्दिरमा दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । नवरात्रका अवसरमा आज भक्तपुरको ब्रम्हायणी शक्तिपिठमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजको दिन घरघरको पूजाकोठामा दुर्गा भवनीलाई आह्वान गरी जमरा राख्न ब्रम्हायणी घाटमा स्नान गरी ब्रम्हायणी देवीको पूजाआरधना गरी जमरा राख्न पाँगो माटो र खोलाको जल लिन भक्तजनको घुइँचो लागेको हो । आजैदेखि शक्तिपिठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र काठमाडौँस्थित एकान्त कुमारी देवगृहमा पनि मेला लागेको छ ।
Read More
निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

निस्दीको ज्यामिरे केन्द्रीय प्रसारण लाइनमा जोडियो

२८ असोज,रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् । जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा अवस्थित यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको छ । ज्यामिरे, मोटेखरक, अधमारा, सिन्दुरे, सिमलडाँडा र मोटेखरकमा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा विस्तार गरिएको वडाध्यक्ष मुक्तबहादुर पाटाले बताउनुभयो । गाउँका करिब ४५ घरपरिवारमा विद्युत् सेवा पुगेको छ । सामुदायिक विद्युत् उपभोगका लागि हरेक वर्ष रकम बुझाउँदै आएका यहाँका स्थानीय केन्द्रीय लाइनसँग जोडिन पुगेपछि धेरै सहज भएको छ । निस्दी गाउँपालिका र स्थानीयको अथक प्रयासले…
Read More
प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

२८ असोज, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गर्नुभएको छ । उहाँले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडनुभएको छ । “दसैँका बेला मेरो खातामा तलब आइपुग्यो”, उहाँले भन्नुभयो, “आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको…
Read More
इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

२८ असोज,मनाङ।विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो । पर्यटक आगमनका क्रममा उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने भएकाले सहज बनाउन इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउन वाइफाइ जोडिएको हो । “वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।” यसले…
Read More
Page 35 of 304
1 33 34 35 36 37 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.