समाज

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु

२८ असोज, भक्तपुर । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ । घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने उहाँले बताउनुभयो । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीकोसमेत तलेजु ल्याएर पूजा गरिन्छ । कुमारीलाई आजै दरबारस्क्वायरस्थित चतुर्ब्रह्म महाविहारमा लगेर पूजा गरी…
Read More
काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनःबढ्यो

काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनःबढ्यो

२८ असोज,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन् । यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गु सङ्क्रमित रहेका छन् । मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक…
Read More
नलगाड जलविद्युत् कम्पनीसँग सम्झौता

नलगाड जलविद्युत् कम्पनीसँग सम्झौता

२६ असोज, जाजरकोट । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो । ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उहाँको भनाइ थियो । चार सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत् आयोजनाको डिपिआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम…
Read More
ओझेलमा पर्दै स्थानीय सीप

ओझेलमा पर्दै स्थानीय सीप

डम्मर बुढामगर २६ असोज,ढोरपाटन (बागलुङ)।  पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । “पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो”, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भन्नुभयो । उहाँले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताउनुभयो । अहिले आफ्नै घरमा पनि…
Read More
बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालय आर्थिक सङ्कटमा

२६ असोज,दमौली (तनहुँ) । आर्थिक अभावका बीचमा गुज्रिएको बहिरा विद्यार्थी मात्रै अध्ययन गर्ने तनहुँको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । व्यास नगरपालिका–१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयलाई सांसद डा स्वर्णिम वाग्लेको पहलमा रु एक लाख सहयोग गरिएको हो । रु तीन लाख उपलब्ध गराउने प्रतिबद्धताबमोजिम पहिलो चरणमा निक फाउण्डेशनमार्फत विद्यालयलाई रु एक लाख बिहीबार हस्तान्तरण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बास्तोला, सूर्यमणि पौडेललगायतले उक्त रकमको चेक बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको छ । केही समय अगाडि सांसद वाग्लेसँगका भेटमा विद्यालयलाई आर्थिक सङ्कट भएकोबारेमा जानकारी गराइएको थियो । कक्षा १ देखि ५ सम्म…
Read More
कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप

कर्णाली प्रदेशलाई पूर्णखोप प्रदेश घोषणा : ३४ हजार छ सय ७१ बालबालिकाले लगाए खोप

२६ असोज, कर्णाली । कर्णाली प्रदेशलाई ‘पूर्णखोप प्रदेश’ घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गर्नुभएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले ‘पूर्णखोप कर्णाली प्रदेश’ घोषणा गर्नुभयो । सो अवसरमा उहाँले सिङ्गो प्रदेशलाई पूर्णखोप बनाउन अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता मिश्र भौगालिक अवस्थाले कठिन भए पनि पूर्ण खोपयुक्त बनाउन सक्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ७२ जिल्ला…
Read More
भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

२६ असोज,राँझा (बाँके)। नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्र्ति बनाउन भ्याइनभ्याइ छ । नगरभवन सामुन्नेमा अस्थायी टहरा निर्माण गरेर उहाँले एक महिनादेखि मूर्तिको काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म माग आएका सबै मूर्र्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उहाँले बताउनुभयो । “तीस पैतीस जति मूर्र्ति तयारी अवस्थामा छन् अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, कलाकार केवटले भन्नुभयो, “आजभोलि…
Read More
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

२६ असोज, काठमाडौँ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो । “इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो…
Read More
करातेमा रजतपदक प्राप्त गुरुङलाई सम्मान

करातेमा रजतपदक प्राप्त गुरुङलाई सम्मान

२५ असोज, काठमाडौँ । चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलमा नेपालका तर्फबाट कराते खेलमा रजतपदक प्राप्त गरेकी एरिका गुरुङ आफूले विद्यालय शिक्षा अध्ययन गरेको काठमाडौँ तारकेश्वर नगरपालिका– ९ स्थित शुभकामना बोडिङ इङ्लिस स्कुलले बिहीबार गरेको सम्मान कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक कुमार ढकालबाट सम्मानपत्र ग्रहण गर्दै । तस्बिर : हरिराम भेटुवाल÷ रासस
Read More
भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग

भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग

२५ असोज, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । “समाचार र आधिकारिक निकायबाट आएको जानकारीअनुसार भारतीय प्रधानमन्त्रीले नेपालको भूमिमा भ्रमण गरेको पाइएको छ”, सभापति लामिछानेले भन्नुभयो, “नेपालको चुच्चे नक्साभित्र ‘कुटी र गुञ्जी’ क्षेत्र पनि पर्छ, गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नुभएको कुरा प्रमुख जिल्ला अधिकारीबाट पनि पुष्टि भएको छ ।
Read More
Page 36 of 304
1 34 35 36 37 38 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.