समाज

सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

१ कात्तिक, काठमाडौँ । नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादसैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ । निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका…
Read More
इजरायलबाट थप १९ नेपालीको उद्धार

इजरायलबाट थप १९ नेपालीको उद्धार

३० असोज, काठमाडौं ।  इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने । मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका…
Read More
नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क आँखा परीक्षण

नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क आँखा परीक्षण

३०असोज,काठमाडौँ।नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा उहाँहरूको आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिनुभयो । शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उहाँले आगामी दिनमा यस्ता नेत्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यका बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको…
Read More
तीन व्यक्तित्व सम्मानित

तीन व्यक्तित्व सम्मानित

३० असोज,काठमाडौँ । खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो । वेस्टर्न युनाइटेड क्लबका अध्यक्षसमेत रहनुभएका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएको छ । सांसद कृष्णगोपाल श्रेष्ठले उहाँहरूलाई सम्मान गर्नुहुँदै अगामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । सो अवसरमा युवाउद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्दछ…
Read More
गैरआवसीय नेपालीलाई  नागरिकता वितरण

गैरआवसीय नेपालीलाई नागरिकता वितरण

३० असाेज,काठमाडौं। सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु गर्ने भएको छ । आज एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर आवासीय नागरिकता वितरणको शुरुवात गर्नुहुने छ । गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नागरिकता वितरणको बाटो खुलेको हो । नागरिकता लिएपछि एनआरएनहरुले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ । संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्ने उल्लेख छ ।
Read More
सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी

सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी

३० असोज, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ । जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर…
Read More
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिनुहुने

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिनुहुने

२९ असोज,विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।
Read More
बजारमा किनमेल गर्ने ग्राहकको भीड

बजारमा किनमेल गर्ने ग्राहकको भीड

२९ असाेज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लागेको छ । काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लागेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर, दशैंको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ । व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैं लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु…
Read More
बैतडीमा असिनापानीले बालीनाली सखाप

बैतडीमा असिनापानीले बालीनाली सखाप

२९ असोज,बैतडी । वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएको छ । वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताउनुभयो ।…
Read More
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

२९ असोज,बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिनुभयो । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Read More
Page 34 of 304
1 32 33 34 35 36 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.