समाज

झापामा हात्ती मृतावस्थामा फेला

झापामा हात्ती मृतावस्थामा फेला

२४ असोज,झापा।  भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे बताउनुभयो । उहाँका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ ।
Read More
आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा

आयोजना बन्द हुँदा एक सय १८ घरपरिवार पानीको समस्यामा

२४ असोज,भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घरपरिवारमध्ये एक सय १८ परिवारले पानीको उपभोग गर्दै आएका थिए । बाँकी घरमा पनि पानी वितरणको अन्तिम चरणमा रहेको अवस्थामा बाढीले आयोजना बगाएको हो । उपभोक्तालाई चाँडो पानी खुवाउने उद्देश्यले बाढीले क्षति गरेर पुनःनिर्माण थालिएको आयोजनाको कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार झा, मन्त्रालयका…
Read More
आज अन्तर्राष्ट्रिय बालिका दिवस

आज अन्तर्राष्ट्रिय बालिका दिवस

२४ असोज,काठमाडौँ । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ । दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ । सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गल्र्स टेकओभर) मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तक्र्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।
Read More
बझाङमा थप ‘सेस्मोमिटर’ जडान

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

२३ असोज,सुर्मा । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् । सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ । चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर…
Read More
ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने

असोज, काठमाडौँ। नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने बताउनुभएको छ । नवनियुक्त राजदूत लोरेन्जोले आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले सङ्घीय शासन व्यवस्था अपनाएको नेपालको समृद्धिमा सहयोग जारी रहने बताउनुभएको हो । राजदूत लोरेन्जोले नेपालको गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जा क्षेत्रको विस्तार एवं प्रवद्र्धन तथा मानव अधिकार संरक्षणलगायत क्षेत्रमा प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महत्वपूर्ण विकास साझेदारका हैसियतले पाँच वर्षीय योजनाअन्तर्गत सन् २०२६ सम्मका लागि नेपाललाई तीन खर्ब (तीनसय विलियन) युरो सहयोग गर्नेगरी ईयुको कार्यक्रम सार्वजनिक…
Read More
हिमाली पदयात्रामा पर्यटक बढ्दै

हिमाली पदयात्रामा पर्यटक बढ्दै

२२ असोज,रसुवा । हिमाली पदयात्राको लागि यहाँ पर्यटकको आगमन बढ्न थालेको छ । गोसाइँकुण्ड तथा लाङटाङलगायत तामाङ सम्पदा क्षेत्रको पदमार्गमा पर्यटकको आगमन बढेसँगै हिमाली भेकको रौनकता समेत बढेको हो । वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार हिमाली पदयात्राअन्तर्गत गत साउनदेखि यही असोज २० गतेसम्म १० हजार सात सय ७० जना आन्तरिक एवं बाह्य पर्यटकले लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको क्षेत्रको भ्रमण गरेका छन् । ती मध्ये…
Read More
पहिरोमा जेसिबी पुरिँदा मृत्यु

पहिरोमा जेसिबी पुरिँदा मृत्यु

२२ असोज,लुम्बिनी। पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा२क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाएकामा उपचारकै क्रममा गए राति घाइते खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More
प्यालेस्टाइन र इजरायलको युद्धमा ७ जना नेपाली को मृत्यु

प्यालेस्टाइन र इजरायलको युद्धमा ७ जना नेपाली को मृत्यु

Sad News : प्यालेस्टाइन र इजरायलको युद्धमा ७ जना नेपाली को मृत्यु भएको छ, ४ जना अस्पतालमा उपचार पछि सामान्य अवस्थामा, ३ जनाको अवस्था गम्भिर, १ जना हाल सम्म सम्पर्कमा नरहेको र २ जना सकुसल रहेको छ । मृत्युको सङ्ख्या अझै थप बढ्ने त्यहाँ कार्यरत एक नेपालीले बताएका छन । यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन ।
Read More
ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ नयाँ विद्युत् विधेयक

२१ असोज,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समग्र आर्थिक क्षेत्रको विकासलाई केन्द्रमा राखेर ऊर्जा क्षेत्रको सर्वाङ्गीण विकास गर्ने लक्ष्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले ऊर्जा क्षेत्रको समग्र विकास र त्यसले आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई समेत सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो । बर्षायाममा बढी बिजुली उत्पादन हुने र हिउँदमा एक तिहाईमात्रै उत्पादन भई असन्तुलित रहेको अवस्थालाई ख्याल गरेर जलाशय र अर्धजलाशयुत्तः प्रकृतिका आयोजना निर्माणलाई जोड दिइएको उहाँको भनाइ छ । प्रस्तावित विधेयकमा ठूला विद्युत् आयोजना सङ्घीय सरकारले, २५ मेगावाटसम्मका आयोजना प्रदेश सरकार…
Read More
इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग

२१ असोज,काठमाडौँ । सांसदहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहले इजराइलमा आक्रमण गर्दा तीन जना नेपाली घाइते भएको र १२ जनाको अवस्था अज्ञात रहेकोबारे संसद्लाई जानकारी गराउनुभएको थियो । शून्य समय र विशेष समयमा बोल्नुहुने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । संसद्को विशेष समयमा सांसद पदम गिरीले इजरायलमा रहेका नेपाली नागरिकको जीवन रक्षा र उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले केही कैदीबन्दीको सजाय मिनाहा गरेको…
Read More
Page 37 of 304
1 35 36 37 38 39 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.