समाज

पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध

११ माघ,काठमाडौँ । नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गर्नुभएको छ । पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन…
Read More
धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

१० माघ,झापा । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् । “हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरु के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन्,” गौतम भन्नुहुन्छ, “तीन वर्षअघि सम्ँिझदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन, अहिले ठूलो सहर बस्लाजस्तो भइसक्यो ।” नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल…
Read More
गर्भवतीको मृत्यु

गर्भवतीको मृत्यु

१० माघ,बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताउनुभयो । “चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ”, उहाँले भन्नुभयो, “ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ ।” विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा…
Read More
नेतृत्व विकास तालिम

नेतृत्व विकास तालिम

१० माघ,धुलिखेल । बेथानचोक गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिका लागि नेतृत्व विकास एवं उद्घोषणसम्बन्धी तालिम सञ्चालन गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित एकहप्ते सो तालिममा वडा नं १ देखि ६ सम्मका जनप्रतिनिधिको सहभागिता रहेको थियो । तालिम कार्यक्रम यही माघ ३ गते सञ्चालन भएर ९ गते समापन भएको हो । सो अवसरमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले संवैधानिक प्रावधानअनुसार स्थानीय पालिकामा महिला जनप्रतिनिधिको सार्थक र नेतृत्वदायी भूमिका कमजोर नहोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो । सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने उजागर महिला जनप्रतिनिधिको छवि बनेको जनाउँदै उहाँले यस्ता तालिम तथा कार्यक्रमले यसलाई मजबुत तुल्याउने छ…
Read More
विर्तामोडमा आधुनिक सडक बन्दै

विर्तामोडमा आधुनिक सडक बन्दै

१० माघ,झापा । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो । दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सो सडक निर्माणको क्रममा पाँचवटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने उहाँले बताउनुभयो । सात मिटर…
Read More
सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

१० माघ,सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहँुदा वर्षात्का समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हँुदै आएको थियो । सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्नुहुँदै चालु आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । रु ५६…
Read More
न्यायिक समितिलाई कानुनी अड्चन

न्यायिक समितिलाई कानुनी अड्चन

९ पुस,सुर्खेत/भेरीगङ्गा । स्थानीय तहमा गठित न्यायिक समितिलाई कानुनी जटिलता र जनशक्ति अभावका कारण काम गर्न समस्या भएको छ । गाउँपालिका उपाध्यक्ष एवम् नगरपालिका उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिमा कानुन र जनशक्तिको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको हो । युएनडिपी र जिल्ला समन्वय समिति सुर्खेतको संयोजन तथा इन्सेक कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको न्यायिक समितिका सदस्यलाई न्याय सम्पादनसम्बन्धी दुई दिने कार्यशालामा बोल्दै स्थानीय तहका जनप्रतिनिधिले कानुनी ज्ञान र जनशक्तिीपूर्ति गर्ने बाटो खोलिदिन माग गरेका हुन । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले प्राविधिक जनशक्ति तथा कानुनको अभावमा पालिकाका न्यायिक समिति न्याय सम्पादन गर्न अन्योल रहेको बताउनुभयो । उहाँले सङ्घ र प्रदेश…
Read More
तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

९ माघ,कर्णाली । दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको घटनालाई लिएर यहाँस्थित विभिन्न निकाय, सङ्घ-सङ्गठनले शोक विज्ञप्ति जारी गरेका छन् । सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरुको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठूलो क्षति पुगेका पुगेको…
Read More
धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके

धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके

९ माघ,नेपालगन्ज । बाँकेको चुरे क्षेत्रमा पर्ने बर्फानी बाबा मन्दिर र सन्तानेश्वर महादेवको मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास हुन थालेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थित बर्फानी मन्दिर र नरैनापुर गाउँपालिका–५ वेदिहिवा चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटनका लागि प्रदेश सरकारले पूर्वाधार निर्माण सुरु गरेको छ । पूर्वाधार निर्माणका लागि बनाइएको विकास योजना अन्र्तगत हेलिप्याड निर्माणको सुरुवात गरिएको लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले जानकारी दिनुभयो । “त्यहाँ पुग्ने दर्शनार्थीका लागि आवश्यकपर्ने धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण सुरु भएको छ,” उहाँले भन्नुभयो । हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकले हेलिकप्टर प्रयोग…
Read More
वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो

९ माघ,काठमाडौँ । भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम सकेर हस्तान्तरण हुन बाँकी रहेको अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । हाल पुनः निर्माणको काम भइरहेका सम्पदाहरु आगामी डेढ वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । दरबार क्षेत्रमा रहेका ९५ सम्पदामध्ये भूकम्पमा ७५…
Read More
Page 283 of 304
1 … 281 282 283 284 285 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.