मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार
१६ माघ , काठमाडौं । यस पटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो तर, अघिल्ला वर्षहरुमा झै यस वर्ष व्यापारीहरुले न्यानो कपडाको व्यापार गर्न पाएका छैनन् । यो वर्ष हिउँदे जाडोको सुरुदेखि नै व्यापार बढ्न नसक्दा महाबौद्ध र गुच्चा टोलका व्यापारीहरु फुर्सदिला देखिन्छन् । काठमाडौंको महाबौद्धमा विगत २७ वर्षदेखि कपडाको थोक व्यापार गर्दैआएका व्यापारी अशोक प्रधानले सरकारले कपडाको मूल्य बढाइदिएकाले पनि व्यापार बढ्न नसकेको बताउनुहुन्छ । “कपडाको मूल्य बढाइएकाले पनि खरिद गर्ने ग्राहकहरु यो वर्ष घट्न पुग्यो”, उहाँले भन्नुभयो । कोभिड–१९ को महामारीले दुई वर्षसम्म व्यापार थिलथिलो भयो । यस्तैमा सरकारले उल्टै कर बढाइ दिएपछि यस वर्ष सोचेजस्तो कपडाको व्यापार…
