समाज

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

२९ माघ,काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ । विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिनुभयो । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उहाँको भनाइ थियो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गर्नुभएको थियो । पशुपति क्षेत्रलाई सधैँ…
Read More
सडक ढलानको काम अलपत्र

सडक ढलानको काम अलपत्र

२९ माघ,खोटाङ । जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो । निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम रोकेर अलपत्र पारेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिनुभयो । “प्रदेश सरकारको रु दुई करोड ६९ लाख २५ हजार ७९७ को लागतमा खोटाङबजारको सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लगाइएको थियो”, उहाँले भन्नुभयो, “गुणस्तहीन काम भयो भन्ने गुनासो आएपछि अनुगमन गरेर ढलानको काममा रोक लगाएका थियौंँ । त्यसको…
Read More
उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

२९ माघ,कावासोती । उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो । अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण रहेका छन् । तीमध्ये एक उपकरण ‘रिजर्भ’मा राखेर तीन मात्रै उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलायसिस सेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मिर्गौला रोगीले हप्तामा कम्तीमा दुईपटक डायलायसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले नौ जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसिस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट भर्पाइ हुन नसकेको…
Read More
‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

२७ माघ,काठमाडौँ । विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोज्नुभयो वसन्त गिरीले । चावाहिल स्थायी ठेगाना भएका उहाँले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताउनुभयो । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उहाँ सचिवालयमा करार सेवाको कर्मचारी हुनुहुन्छ । वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै परिसरमा हुर्काउने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ । ” उहाँका साथमा अन्य नौजना कर्मचारी सेवारत छन् । बगैँचाले सचिवालय परिसरको शोभालाई आकर्षण बनाइरहेको छ । जाडोयाममा पिटुनिया, बाघमुखी, डेन्थस, सिनोरिया लगायतका फूल र गर्मीयाममा जिनिया, पिताम्बर,…
Read More
‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

२७ माघ,टीकापुर । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् । कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउनुहुन्छ । “बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्”, उहाँ भन्नुहुन्छ, “शिक्षकले त भविष्य देखाउनुपर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमाजस्तै माया गरुन भन्ने चाहन्छन् ।” काफ्लेले साना नानीबाबु काखमै निदाउने, घरजस्तै वातावरणमा खान र खेल्न खोज्ने बताउनुभयो । “आजभोलि तीन वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय…
Read More
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

२७ माघ,काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
Read More
भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी

भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी

२७ माघ,भैरहवा । लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ । आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । आइसीपी निर्माणको लागि सङ्घीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ । यही माघ २२ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउलाई आइसीपी निर्माणका लागि जग्गा हस्तान्तरण गरेको छ । यससँगै यसअघि भैरहवा भन्सार कार्यालयले पार्किङको रुपमा प्रयोग गर्दै आएको निर्माणस्थल खाली गराइएको छ । ठेक्काको अन्तिम कामका लागि फाइल काठमाडौँ पठाएको र अबको एक साताभित्रै भारतबाट मेसिन ल्याई काम सुरु गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि इरशाद…
Read More
पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

२७ माघ,काठमाडौँ । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।
Read More
भवन सञ्चालनमा नआउँदै जिर्ण

भवन सञ्चालनमा नआउँदै जिर्ण

२७ माघ,खजुरा । बाँकेको खजुरा गाउँपालिकाले निर्माण गरेको नयाँ भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा छ । सो गाउँपालिकाको वडा नम्बर ५ स्थित निर्माण गरिएको भवन सञ्चालनमा नआउँदै जीर्ण अवस्थामा पुगेको हो । सुरुमा प्राविधिक विद्यालय बनाउने योजनाका साथ उक्त भवन निर्माण थालिएको हो । एक स्थानीय तहमा एउटा मात्र प्राविधिक विद्यालय सरकारले सञ्चालनको अनुमति दिने भएपछि खजुरामा दुई प्राविधिक विद्यालय यसअघि नै रहेकाले समस्या भएको थियो । उक्त भवनलाई मुस्लिम छात्रा पढाउने गरी विद्यालय सञ्चालन गर्ने गरी गाउँपालिकाले भवन निर्माण सम्पन्न गरे पनि उक्त योजना कार्यान्वयन भएको छैन । वडा नम्बर ५ स्थित भानु माविको करिब सात कट्ठा क्षेत्रफलमा निर्मित…
Read More
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

२६ माघ,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४२ अङ्कले उकालो लागेर चार सय १५ दशमलव ४२ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, ५८…
Read More
Page 280 of 304
1 … 278 279 280 281 282 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.