समाज

धारा छ पानी छैन

धारा छ पानी छैन

२९ माघ,डडेल्धुरा । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् । यहाँ वि।सं २०४२ सालमा खानेपानी योजना पुगेको थियो । चार वर्ष अगाडि पनि खानेपानीका लागि घरघरमा धारा निर्माण भएका थिए । तर पुराना योजना जीर्ण हँुदै जानु र नयाँ योजना बजेट अभावका कारण सम्पन्न नहुँदा पानीको अभाव भएको वडा नं ६ का वडाध्यक्ष केवी ताम्राकारले बताउनुभयो ।…
Read More
एक हजारभन्दा बढी कुकुरको बन्ध्याकरण

एक हजारभन्दा बढी कुकुरको बन्ध्याकरण

२८ माघ,त्रिशूली । विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो । नगरप्रमुखर राजन श्रेष्ठका अनुसार सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको सङ्क्रमण बढाउने, ट्राफिक आवागमनमा असर पु¥याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्ध्याकरण र खोप कार्यक्रम चलाइएको हो । “नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।” उहाँले…
Read More
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

२९ माघ,काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन । ‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने…
Read More
दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

दश महिनादेखि दमौली अस्पताल प्रमुखविहीन

२९ माघ,दमौली । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पताल विगत १० महिनादेखि प्रमुखविहीन बनेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेल सरुवा भएर गएदेखि अस्पताल प्रमुखविहीन बनेको हो । गत वर्ष चैतदेखि अस्पताल निमित्तको भरमा सञ्चालन हँुदै आएको छ । निमित्तको भरमा अस्पताल सञ्चालन हुँदा प्रशासनिक काममा असर पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । पौडेलको सरुवा भएदेखि डा दिवस ढकालले निमित्तको जिम्मेवारी पाउनुभएको छ । निमित्त प्रमुख डा ढकाल पनि कुनैबेला विदेश र कहिले बिदामा बसिदिँदा कार्यालयको प्रशासनिक काम गर्न अप्ठ्यारो हुँदै आएको थापाले बताउनुभयो । “प्रमुखविहीन हुँदा अस्पतालको प्रशासनिक काम ठप्प भएको छ, स्वास्थ्य मन्त्रालयमा…
Read More
मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली भारत जाँदै

२९ माघ,काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फा उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राईलगायतले २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपालले आगामी फागुन ३ र ६ गते भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा तथा गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । यसैगरी…
Read More
लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

लालझाडी कप फुटबल प्रतियोगिता फागुन २० देखि सुरु हुने

२९ माघ,दोधारा चाँदनी । कञ्चनपुरमा आगामी फागुन २० देखि सातौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिताको हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा हुने सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको प्रतियोगिता फेरि सुरु हुने भएको क्लबका अध्यक्ष काशीराम बोहराले बताउनुभयो । “हरेक वर्ष हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण हुनसकेन”, उहाँले भन्नुभयो, “यस वर्षदेखि पुनःप्रतियोगिता निरन्तर सञ्चालन गर्नेछौँ ।” उहाँका अनुसार दश दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका विजेताले नगद रू दुई लाख ११ हजार एक सय ११ सहित…
Read More
पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

२९ माघ,घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ । अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ पुनले बताउनुभयो । जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उहाँको भनाइ छ । दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन् । मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ । पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहनुभएको छ । मासिक रू १५ हजारसम्म आम्दानी हुने गरेको उहाँ बताउँनुहुन्छ । एक सय २० मिटर गहिरो…
Read More
बाँदर खानेकुरा खोज्न राजमार्गमा

बाँदर खानेकुरा खोज्न राजमार्गमा

२९ माघ,सर्लाही । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् । मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् । वनमा जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निहुुरो, तरुल, फलफूलजस्ता कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तीमा बाँदर आउन थालेको फुलजोर बाबा सामुदायिक वन समूहका अध्यक्ष पशुपति खड्काले बताउनुभयो । उहाँका…
Read More
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२९ माघ,तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिनुभयो । उक्त घटना पछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
Read More
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

२९ माघ,गलेश्वर । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्नुहुन्छ । उहाँले रु एक लाखमा घोडा किन्नुभएको छ । करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीसँगै सडक पुगेका ठाउँमा समेत घरमै सेवा दिने उद्देश्यले घोडा किन्नुभएको हो । घरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा…
Read More
Page 279 of 304
1 … 277 278 279 280 281 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.