समाज

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

निर्माण भएको एक वर्षपछि बसपार्क सञ्चालन

२ फागुन,सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका–२ मा निर्माण गरिएको सुविधा सम्पन्न बसपार्क प्रयोगमा ल्याइएको छ । मलङ्गवा नगरपालिका –२ मा सङ्घीय सरकारको रु आठ करोड ३१ लाखको लागतमा निर्माण गरिएको उक्त बसपार्क करिब एक वर्षपछि सञ्चालनमा ल्याइएको हो । मलङ्गवा नगरपालिका–९ मा रहेको पुरानो बसपार्क साँघुरो भएको र बजार विस्तारसँगै सवारी साधनको चाप बढेका कारण नयाँ बसपार्क निर्माण गरिएको थियो । नयाँ बसपार्कको निर्माण भएको करिब एक वर्ष हुनै लाग्दा पनि सरोकारवाला निकायले ध्यान नपु¥याउँदा बसपार्क प्रयोगविहीन अवस्थामा रहेको मलङ्गवा यातायात प्रालिका अध्यक्ष राजीव यादवले बताउनुभयो । आफूहरु नयाँ बसपार्कमा जान तयार रहे पनि ठेकेदार कम्पनीले नगरपालिकालाई बसपार्क हस्तान्तरण नगरेको…
Read More
८ करोड भन्दा बढी लुटपाट भएको मोबाइल व्यवसायीको दाबी

८ करोड भन्दा बढी लुटपाट भएको मोबाइल व्यवसायीको दाबी

२ फागुन, काठमाडौं ।  यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । आठदेखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ । सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो । ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । उनका अनुसार मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।…
Read More
भेटीबाट सडकबत्ती जडान

भेटीबाट सडकबत्ती जडान

२ फागुन, म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ । गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिनुभयो । सडकबत्ती जडान गर्न कुल रु दुई लाख ३० हजार सात सय ५० खर्च भएको उहाँले जानकारी दिनुभयो । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र सवारीसाधनमा आवतजावतका लागि सहज भएको छ । “गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ”, अध्यक्ष रेग्मीले भन्नुभयो,…
Read More
ट्राफिक नियमविरुद्ध यातायात मजदुर सडकमा, सडकमै बस तेर्साएर प्रदर्शन

ट्राफिक नियमविरुद्ध यातायात मजदुर सडकमा, सडकमै बस तेर्साएर प्रदर्शन

१ फागुन, काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । केहीबेर अघिदेखि उनीहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् । बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयास जारी रहेको वृत्तका प्रहरी सहायक निरीक्षक गंगाप्रसाद पोख्रेलले बताए ।
Read More
महोत्सवपछि हलमा ‘हल्कारा’

महोत्सवपछि हलमा ‘हल्कारा’

१ फागुन,काठमाडौँ । अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ । निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा हुनुहुन्छ । “गाउँमा चिठ्ठी प¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेका छौँ”, निर्देशक सापकोटाले भन्नुभयो, “सत्यकथा प्रेरित भएता पनि मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने गरिएको छ । ” यसमा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गर्नुभएको छ ।  यसमा उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनयसमेत…
Read More
व्यावसायिक कृषिमा युवाको आकर्षण

व्यावसायिक कृषिमा युवाको आकर्षण

१ फागुन,ढोरपाटन । “विद्यादय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा रु सात लाख बढी लगानी गरेको छु, ।” शिक्षक गोपीकृष्ण क्षेत्रीले भन्नुभयो । निसीखोला गाउँपालिका–४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई÷तीन प्लास्टिक टनेल देखिन्छ । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, कलकलाउँदा सागसब्जी र टिपेर खाउँखाउँ लाग्ने फलफूल पनि । हरेक दिन बिहान र बेलुका यही भेटिनुहुन्छ, उहाँ । यहाँ पुगेर देख्दा धेरैलाई लाग्न सक्छ, यो त अनुभवी कृषकको करेसाबारी हो तर, उहाँ आफूलाई कृषिबारे धेरै ज्ञान नभएको बताउनुहुन्छ । यद्यपि उहाँको…
Read More
तरकारी पकेट क्षेत्रमा शीतभण्डार

तरकारी पकेट क्षेत्रमा शीतभण्डार

१ फागुन,बैतडी । तरकारीको पकेट क्षेत्रका रुपमा परिचित बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ । कुल रू तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो । पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ । जिल्लाको पाटन नगरपालिकाका वडा नं ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रुपमा समेत लिइएको छ । खोड्पेमा बन्न लागेको शीतभण्डारले यो क्षेत्रका किसानलाई फाइदा पुग्ने पाटन नगरपालिका-८ का वडा अध्यक्ष हरिश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बनेपछि यो…
Read More
बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

बुटवलमा पशु बधशाला सञ्चालनको तयारी

१ फागुन,बुटवल । बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । बधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई दिइनेछ । यसका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिने उहाँको भनाइ छ । बधशाला निर्माण र सञ्चालनमा बाख्रापालक किसानदेखि व्यवसायीसम्म साझेदार छन् । कानुनी हिसाबलेसमेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसबाट…
Read More
सङ्गठन सृदृढीकरण अभियान सुरु

सङ्गठन सृदृढीकरण अभियान सुरु

१ फागुन,काठमाडौँ । नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।
Read More
फोहरमा पनि सुन फल्छ !

फोहरमा पनि सुन फल्छ !

१ फागुन,देउखुरी । मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ । सडकको धुलो र नालीको फोहर सङ्कलन गरेर बहुमूल्य धातु सुन निकाल्नु बालुवामा पसिना बगाएर सुन फलाउने जस्तै हो । भारतको मध्यप्रदेश जवलपुर निवासी गणेश सोन्जारीले एक महिनादेखि बुटवलको मुख्य बजार अमरपथमा सडक र नालीको फोहर धुलोबाट बहुमूल्य धातु सुन निकाल्ने काम गर्दै आउनुभएको छ । उहाँलाई सडकको धुलो र नालीको फोहर उठाएर त्यसबाट सुन निकाल्न निक्कै मेहनत गर्नुपर्छ । उहाँले यो काम गर्न थालेको झण्डै एक दशक भयो । उहाँले सुनचाँदी पसल…
Read More
Page 277 of 304
1 … 275 276 277 278 279 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.