‘पहिलाजस्तो माछा पाइन छाडे’
३ फागुन,कञ्चनपुर । लालझाडी गाउँपालिका–४ का ६५ वर्षीय रामबहादुर चौधरीले गाउँ नजिकैको दोदा नदीमा धेरै वर्षदेखि माछा मार्ने काम गर्दै आउनुभएको छ । नदीमा पहिलेको जस्तो माछा पाइँदैनन् । दिनभरि नदीमा जाल खेलाउँदा थोरैमात्र माछा पर्ने गरेका छन् । नदीमा थोरै प्रजातिका माछामात्रै रहेको उहाँले बताउनुभयो । “विगतमा नदीमा जाल खेलाउँदा एक घण्टाभित्रै पाँच–छ किलो माछा मार्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “हाल नदीमा माछा पाउनै छाड्यो, जालमा पहिला एउटै माछा दुई किलोदेखि पाँच किलोसम्मका हुन्थे, हाल दिनभरि जाल खेलाउँदा पनि चार–पाँच स–साना माछामात्रै जालमा पर्ने गरेका छन् ।” “घरमा भात पकाउनका लागि पानी चुलोमा राख्थ्यौँ, माछा मार्नका लागि घर नजिकैको नदीमा…
