समाज

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा रुइत

५ माघ,काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताउनुभएको छ । बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्र्ड पाएको बताउनुभयो । उहाँले अवार्र्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गर्नुभयो । “आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दैआएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो”, डा रुइतले भन्नुभयो, “अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठूलो सहयोग…
Read More
नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै

नेपालगञ्ज भन्सारको राजस्व असुलीे घट्दै

५ माघ,नेपालगञ्ज  । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ । आर्थिक वर्ष २०७८-७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ । चालु आव २०७९-८० को साउनमा रु एक अर्ब ७८ करोड पाँच लाख लक्ष्य पाएको भन्सारले जम्मा रु एक अर्ब ३५…
Read More
निर्यात बढाउने अवस्था सृजना गर्नुपर्छ : कृषिमन्त्री शाह

निर्यात बढाउने अवस्था सृजना गर्नुपर्छ : कृषिमन्त्री शाह

४ माघ,पाटन । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले आयातभन्दा निर्यात बढाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का सन्दर्भमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले आयातभन्दा निर्यात वृद्धि कसरी गर्ने भन्ने सोच्नु पर्छ, कृषि प्रधान देश भएर पनि कृषिमा हामी किन पछाडि छौँ भनेर गम्भीर ढङ्गले सोच्नु आवश्यक छ ।” मन्त्री शाहले हरेक जीवजन्तु र बाली संरक्षण गर्ने नीति लिएर सबैलाई समान रुपले संरक्षण गर्नुपर्नेमा जोड दिँदै कृषि तथा पशुपन्छी विकासको कामलाई सकारात्मक रूपमा अगाडि बढाइने बताउनुभयो । मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले हरेक…
Read More
सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

४ माघ,बेदकोट । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताउनुभयो । “पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उहाँले भन्नुभयो, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।” उहाँका अनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । “ट्राफिक जाँचमा कडाइ गरेपछि…
Read More
आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

४ माघ,काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ । त्यस्तै दुई लाख ४० हजार कित्ता…
Read More
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

४ माघ,गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै…
Read More
रु छ सयले घट्यो सुनको मूल्य

रु छ सयले घट्यो सुनको मूल्य

४ माघ,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय…
Read More
पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

४ माघ, गण्डकी। पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै…
Read More
विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा

३ माघ,काठमाडौँ । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । “एटीआर निर्माता कम्पनीबाट काठमाडौँ आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उहाँले भन्नुभयो, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।” सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगसदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहनुभएको…
Read More
पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र

पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र

३ माघ,खोटाङ । ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७५-७६ मा पशु बीमा कार्यक्रम सुरु गरेको थियो । सुरुका वर्ष १७ वटा बाख्रा र छ वटा बङ्गुुरको बीमा गरेका किसानले आर्थिक वर्ष २०७६-७७ देखि पशुको बीमा नवीकरण नगरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख प्रमोदकुमार राजभण्डारीले बताउनुभयो । “वर्ष दिनभित्र किसानले दुईवटा बाख्राको बीमा बापतको रकम पाएका थिए”, उहाँले भन्नुभयो, “कतिपय किसानले पशु बीमाको जिकिर गर्न आउँदा नवीकरण नगरेको पाइएपछि रित्तो फर्काइयो।” नेपाल सरकारको केन्द्रीय कार्यक्रमअनुसार गाउँपालिकाको समन्वयमा पशु बीमा सुरु गरेको…
Read More
Page 285 of 304
1 … 283 284 285 286 287 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.