समाज

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा

७ चैत,दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा ३३-११ केभी सराङघाट सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सो सबस्टेशन तयार भएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो । आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेशनबाट बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेशनसम्म पु¥याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण…
Read More
पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

७ चैत,तुलसीपुर । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।”मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उहाँले बताउनुभयो । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उहाँको भनाइ छ । त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उहाँले बताउनुभयो । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान…
Read More
चियाको पहिलो टिपाइ सुरु

चियाको पहिलो टिपाइ सुरु

६ चैत,मङ्गलबारे । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भए पनि माथिल्लो र उच्च क्षेत्रमा भर्खरै मुना पलाउन सुरु भएको छ । इलाममा हरियोपत्तीको टिपाइ अर्थात् फस्ट प्लग…
Read More
आलेख : ऋणका लागि ऋणबाट ग्रसित छन् महिला

आलेख : ऋणका लागि ऋणबाट ग्रसित छन् महिला

६ चैत,रेसुङ्गा । गुल्मीको धुर्कोट गाउँपालिका–६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आबद्ध हुनुुहुन्छ । उहाँको हाल यी संस्थामा कूल १३ लाख ऋण छ । परियार पहिले एक लघुवित्तमा मात्र आबद्ध हुनुहुन्थ्यो । सो लघुवित्त संस्थाबाट ऋण लिएपछि त्यही ऋण तिर्न एकपछि अर्को गर्दै लघुवित्तमा आबद्ध हुनुभयो । यसरी एउटा संस्थाबाट ऋण लिएर अर्कोमा तिर्दा न पहिलेको चुक्ता हुन सक्यो, न पछिल्लोमा भार घट्यो । ऋण तिर्न लिएको ऋणमध्येको केही परियारले घरखर्चसमेत चलाउनुभयो । अहिले परियार आफूले ऋण तिर्न ऋण लिएपछि ऋणको चङ्गुलमा परेको स्वीकार गर्नुहुन्छ । “उद्यमशीलतातर्फ लगानी गर्ने ध्यान भएन”, उहाँले भन्नुहुन्छ, “हिलोले हिलो पखाल्दा कहिल्यै…
Read More
स्वास्थ्य स्वयंसेविकालाई साइकल

स्वास्थ्य स्वयंसेविकालाई साइकल

६ चैत,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक-एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको वडाध्यक्ष महेन्द्र खड्काले बताउनुभयो । “स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ”, अध्यक्ष खड्काले भन्नुभयो, “यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।” महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर उपप्रमुख निलम जोशीले बताउनुभयो । “मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य…
Read More
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र

६ चैत,वीरगञ्ज । पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जका रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउनेक्रम बढ्ेको निकुञ्ज प्रशासनले जनाएको छ । “विगतको भन्दा…
Read More
सहकारी सदस्य जागरण अभियान

सहकारी सदस्य जागरण अभियान

६ चैत,बनियानी । झापा जिल्ला सहकारी सङ्घले जिल्लामा सदस्य जागरण अभियान सुरु गरेको छ । सहकारी सङ्घसंस्था एवं वित्तीय संस्थाविरुद्ध कुप्रचारसहित आक्रमण भइरहेकाले हालको असहज परिस्थितिमा सहकारी, सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा सदस्य जागरण अभियान सुरु गरिएको सङ्घका सचिव भवानीप्रसाद दङ्गालले जानकारी दिनुभयो अभियानअन्तर्गत झापाका विभिन्न चार स्थानमा चैत ८ गतेसम्म ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सञ्चालन गरिएको उहाँले बताउनुभयो । अभियानअन्तर्गत चैत ५ गते बिर्तामोडमा गोष्ठी गरिएको र चैत ६ गते धुलाबारी, चैत ७ गते दमक तथा चैत ८ गते दुर्गापुरमा गोष्ठी गरिने उहाँले बताउनुभयो । सहकारी अभियानलाई जोगाउन सहकारीका सदस्य र संस्थाका सञ्चालक नै जागरुक हुनुपर्ने आवश्यकता…
Read More
‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज

‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज

६ चैत,काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालयले ‘टोकन’ र ‘टाइम कार्ड’ लागू गरेपछि राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीलाई सहज भएको छ । कार्यालयले सेवाग्राहीको राहदानी र परिचयपत्रका फाराम भरेर फोटो खिचिदिन थालेपछि सहज बनेको हो । यसअघि राहदानीका लागि बाहिरबाट फाराम भर्न नसकेका नागरिक दैनिक कार्यालयमा बिहान ३ बजेदेखि नै लाइन बस्ने गरेका थिए । कार्यालयले हाल बिदाका दिनमा समेत नागरिकको अनलाइन फाराम भरेर फोटो खिचिदिने गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राहदानी लिन अनलाइन फाराम भर्नैपर्ने कठिन अवस्थालाई सहज र सरल बनाउन टोकन र टाइम कार्ड प्राणाली लागू गरेपछि सेवामा सरल र सहज बन्दै गएको बताउनुभयो ।…
Read More
फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति

६ चैत,काठमाडौँ । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार आठ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार आठ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार तीन सय तीन, संयुक्त अरब इमिरेट्सका लागि नौ हजार सात सय ९५, साउदी अरेबियाका लागि नौ हजार पाँच सय तीन, कुवेतका लागि दुई हजार चार…
Read More
असिनाले बाली नष्ट : किसान चिन्तित

असिनाले बाली नष्ट : किसान चिन्तित

६ चैत,गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पु¥याएको किसानले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताउनुभयो । शनिबार हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाँको भनाइ छ । खेतबारीमा…
Read More
Page 219 of 304
1 … 217 218 219 220 221 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.