समाज

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

६ चैत,पर्सा । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो । विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । इन्र्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा गरिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई चैत…
Read More
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ

अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ

६ चैत,काठमाडौँ । राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गतासम्बन्धी भएका अधिकार कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको छ । विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानमा भएको अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गर्नुभयो । “अपाङ्गता भएका व्यक्तिको हक तथा अधिकारसम्बन्धी कानुनी व्यवस्था छ”, दिगो विकास तथा सुशासन समितिका सभापति समेत रहनुभएका पन्थले भन्नुभयो, “अहिलेको समस्या ऐन कार्यान्वयन हो ।” उहाँले दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्थाबारे छलफल गर्न सरोकारवालालाई आह्वानसमेत गर्नुभयो । “दिगो विकासको लक्ष्य प्राप्तिमा अपाङ्गता भएका समुदायको अवस्था र चुनौती विषयमा छलफल र अन्तरक्रिया आवश्यक छ”, उहाँले भन्नुभयो ।…
Read More
लेखन र निर्देशन कार्यशाला सम्पन्न

लेखन र निर्देशन कार्यशाला सम्पन्न

६ चैत,काठमाडौँ । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गर्नुभएको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्रकर्मी बर्वेले नेपालमा अनुभवी तथा नयाँ चलचित्रकर्मीसँग तीन दिन बिताउदा सिकाउनुका साथै सिक्न पनि पाएको बताउनुभयो, “प्रशिक्षार्थीले मसँग बाँड्नुभएको कथा र शैली मेरो लागि नयाँ थिए । अनुभव साटासाट गर्दा यसले मलाईसमेत फाइदा पुगाएको छ । म पुनः नेपाल फर्किने चाहना बोकेर स्वदेश फर्किदै छु”, चलचित्रकर्मी बर्वेले भन्नुभयो । प्रशिक्षार्थीको रुपमा सहभागी चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले सिकाइ…
Read More
अझै सम्पन्न भएन शीतभण्डार

अझै सम्पन्न भएन शीतभण्डार

६ चैत,महोत्तरी । बर्दिबास नगरपालिकाका किसानले शीतभण्डार सञ्चालनको माग गरेका छन् । चिस्यानघर तयार भएपछि तरकारी र फलफूल उत्पादन भण्डारण गरेर मागका बेला राम्रो मूल्यमा बेच्ने आशमा उनीहरु छन् । काम थालिएको चार वर्ष नाघ्दासम्म निर्माण सम्पन्न नभएपछि यहाँका किसानमा यो कहिले बनीसक्ने हो भन्ने कौतुहलता बढेको छ ।“यो त तीन वर्षभित्र सञ्चालन भइसक्ने कुरा थियो”, निर्माणाधिन चिस्यानघरतर्फ देखाउँदै बर्दिबास–६ का किसान विनोद ठाकुर भन्नुहुन्छ, “खै सञ्चालनको अत्तोपत्तो देखिँदैन”, चार वर्षअघि ९२०७५० मा निर्माण थालिएको चिस्यानघर तीन वर्षभित्रै सञ्चालन भइसक्ने त्यतिखेरै बताइए पनि यो काम अझै सम्पन्न नभइसक्दा आम किसानमा यसबारे चासो बढेको हो । बर्दिबास २, ६ र ८…
Read More
स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

६ चैत,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिनुभएको हो । उहाँले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ । “स्थगन भएका क्याम्पस÷कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी…
Read More
नापतौलको अनुगमन: ठगी गर्नेलाई कारबाही

नापतौलको अनुगमन: ठगी गर्नेलाई कारबाही

६ चैत,काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको सो कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ । ” सो कार्यालयले फागुन महिनासम्म दुई हजार ७५ व्यापारीलाई नापतौल तथा…
Read More
पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

६ चैत,बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो । यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले जानकारी दिनुभयो । वडा नम्बर १ मा आठ, २ मा २५ र ४ मा २० पशुचौपायामा यो रोग देखिएको हो । दुई हप्ता अगाडि देखिएको यो रोगबाट गाई र गोरु बढी सङ्क्रमित भएका छन् । नब्बे प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने,…
Read More
आजको मौसम यस्तो छ

आजको मौसम यस्तो छ

६ चैत,काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी…
Read More
पर्वतमा जग्गा कारोबार ठप्प

पर्वतमा जग्गा कारोबार ठप्प

६ चैत,पर्वत । पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्रबमोजिम स्थानीय तहहरुले वर्गीकरणको काम थालनी गर्न नसक्दा जग्गाको कारोबार हुन नसकेको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट, खरिद बिक्री गर्न पाउने व्यवस्था रहेको छ । सोही व्यवस्थाको कार्यान्वयनमा कडाइ गर्न सबै सात सय…
Read More
एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

६ चैत,चितवन । जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन् । समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९ अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन् । भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन् । भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घकी शर्मिला तामाङले जानकारी दिनुभयो । उनीहरुलाई घरमा नै गएर सेवा दिइँदै आएको उहाँले बताउनुभयो । इन क्लुसिभ फिउर्चस परियोजनाले दुई…
Read More
Page 220 of 304
1 … 218 219 220 221 222 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.