समाज

दलित समुदायद्वारा सरकारलाई धन्यवाद

दलित समुदायद्वारा सरकारलाई धन्यवाद

८ चैत,विराटनगर । जेठ २१ लाई छुवाछूतमुक्त दिवसका रुपमा मनाउन राजपत्र प्रकाशित गरेकामा दलित समुदायले वर्तमान सरकारलाई धन्यवाद दिएका छन् । अन्ठाउन्नौँ अन्तर्राष्ट्रियय जातीय विभेद उन्मूलन दिवसका अवसरमा विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय दलित जनप्रतिनिधिको भेलाका सहभागीले सरकारलाई आभार व्यक्त गरेका हुन् । दलित अधिकारकर्मी उमेश विश्वकर्माले तत्कालीन अन्तरिम संसद्ले पहिलोपटक देशलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ लाई छुवाछूतमुक्त दिवसका रुपमा मनाउने वर्तमान सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले हावा, पानीदेखि चरा दिवससम्म मनाउन भ्याउने सरकारले वर्षौंदेखि उत्पीडनमा परेका दलितको मुक्तिका लागि राज्य मौन बस्नु शोषण उत्पीडनलाई संरक्षण गर्नु हो भन्दै वर्तमान सरकारले छुवाछूतमुक्त राष्ट्रिय दिवस मनाउने निर्णय…
Read More
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु

ट्रक दुर्घटनामा चालकसहित तीनजनाको मृत्यु

८ चैत,दैलेख । नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ । आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी मोडमा दुर्घटना भएको हो । तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपकसिंह बिष्टले जानकारी दिनुभयो । घटनास्थल पुगेको अस्थायी प्रहरी चौकी रानिमक्ताका प्रहरी सहायक इन्चार्ज मोहन पुजराको टोलीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाँकेका २९ वर्षीय चालक कृष्ण चौधरी, ट्रकमा यात्रारत दाङका दुईजना अन्दाजी १८ वर्षीय विष्णु चौधरी र २७ वर्षीय लछिराम चौधरी हुुनुहुन्छ । तालपोखरी झर्ने बाटोमा ‘ब्रेक फेल’ भइ माथिल्लो…
Read More
रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन

रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन

८ चैत,भजनी । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून अवस्थामा छ । कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सुरु भएको आयोजना निर्माणको म्याद आव २०८०/८१ मा सकिँदैछ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले सुरुदेखि नै गति लिएको भए पनि…
Read More
चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन

८ चैत,भोजपुर । काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ । विगत वर्षमा धेरैले यो पेसा गर्दै आए पनि पछिल्लो समयमा भने घट्दै गएको छ । न्यून ज्याला, संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा सङ्कटमा पर्दै गएको चुँदाराको भनाइ छ । यहाँ ठाउँअनुसार गाउँघरमा पाइने पँयले, दार, मौवा, कटहरलगायतका काठबाट स–साना आकारका गोलियालाई कँुदेर चुँदाराले काठका ठेकीसँगै भाँडाकुँडा बनाउने गर्दछन् । जसका लागि उनीहरुलाई निकै मेहनत पर्ने गर्दछ । दूध जमाउने ठेकीबाहेक मोही पार्ने ठेकी, कोसी, आरी खुर्पेटा कुँदेर चँुदाराले आफ्नो…
Read More
प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ

८ चैत,पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ । जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक हालसम्म अधुरै छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघिसक्दासमेत पनि कामले निरन्तरता पाउन सकेको छैन । सडक कालोपत्रको शिलान्यासपछि केही काम भए पनि विगत दुई वर्षदेखि ठेकेदार कम्पनीको रूपमा रहेको हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्कविहीन बनेको छ । कम्पनीले २०७६ मङ्सिरमा रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको जिम्मा लिएको थियो । गण्डकी…
Read More
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

८ चैत,दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । जिपका चालक इलाम नगरपालिका–२ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो ।
Read More
बिहुँको प्रशासनिक भवन अधुरै

बिहुँको प्रशासनिक भवन अधुरै

८ चैत,बलेवा । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको बिहुँपोखरामा प्रशासनिक भवन अधुरै छ । दोस्रो तलाको ढलानपछि पिलर ठड्याइए पनि बाँकी कामले दुईदेखि पूर्णता पाउन सकेको छैन । दोस्रो तलासमेत कार्यालय प्रयोजनाका लागि कोठा तयार गर्ने गरी तीन वर्षअघि भवनको निर्माण सुरु गरिएको थियो । बजेट अभावका कारण काम रोकिएपछि भवन जीर्ण बनेको छ । वडा कार्यालय आफ्नै बलबुतामा तीन वर्षअघि निर्माण थालेको भवनबाट सबै प्रशासनिक काम त हुन्छ, तर भवन पूरा भएको छैन । “वडाकै बजेटबाट भवन निर्माण थालेका हौँ तर, अझै पूरा भएको छैन”, निवर्तमान वडाध्यक्ष शिवप्रसाद कँडेलले भन्नुभयोे । आर्थिक वर्ष २०७६÷७७ देखि भवन निर्माण सुरु भएको हो…
Read More
राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षरोपण

८ चैत,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गर्नुभएको छ । उहाँले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गर्नुभएको हो । वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उहाँको भनाइ छ । वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति…
Read More
आठ महिनामा चार मुद्दा फैसला

आठ महिनामा चार मुद्दा फैसला

८ चैत,चितवन । भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ । इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको फैसला भएको हो । भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार फैसला भएकामध्ये एउटा मुद्दा जिल्ला अदालत चितवन गएको छ । अन्य दुईवटा क्षेत्राधिकारभन्दा बाहिर भएकाले अदालत पठाइएको उहाँले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका मुद्दा महानगरपालिकाको न्यायिक इजलासमा आउने गरेका छन् । जसअन्तर्गत साँध सिमाना, बालीनाली क्षति, बाटो निकास, मानाचामल र घरबहालसम्बन्धी मुद्दा यस इजलासले हेर्ने गर्दछ । सापकोटाका अनुसार मेलमिलापका लागि…
Read More
न्यायिक समितिमा न्यून मुद्दा

न्यायिक समितिमा न्यून मुद्दा

८ चैत,ढोरपाटन । अहिले पनि बागलुङका दूरदराजबाट नागरिक सामान्य किसिमका मुद्दा लिएर अदातलमा पुग्ने गरेका छन् । स्थानीय सरकार स्थापनापछि गाउँपालिका तथा नगरपालिकामै न्यायिक समिति बने पनि न्याय माग्न कम आउने गरेका छन् । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनेको हुन्छ । गठित न्यायिक समितिले सर्वसाधारणको विश्वास लिन नसक्दा न्याय माग्न आउनेको सङ्ख्या न्यून रहेको हो । कानुनी अज्ञानताले न्यायिक समिति नाममात्रको छ । इजलास सञ्चालनका लागि कतिपय स्थानीय तहमा आवश्यक सामग्रीसमेत उपलब्ध छैनन् । न्यायिक समितिमा सर्वसाधारणको विश्वास नहँुदा मुद्दा पनि नआउने गरेको पाइएको छ । स्थानीय सरकारको एक कार्यकाल पूरा गरेर दोस्रो कार्यकाल सुरु हुँदा…
Read More
Page 215 of 304
1 … 213 214 215 216 217 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.