समाज

‘अझै प्रचलनमै छ छुवाछूत’

‘अझै प्रचलनमै छ छुवाछूत’

८ चैत,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ की वैशाखी सार्कीको उमेर ६० वर्ष ढल्किनै लागेको छ । सानैदेखि उहाँले दलित समुदायमाथि हुने थिचोमिचो भोग्दै र देख्दै आउनुभएको छ । दलितले छोएमा अझै पनि कथित उपल्लो जातका व्यक्तिले छोइछिटो हाल्ने चलन हटन नसकेकामा उहाँ चिन्तित हुनुहुन्छ । “दलित समुदायको व्यक्ति भएकै कारण समाजमा अपमान सहेर बस्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “अनपढ भए पनि जातिकै आधारमा हँुदै आएको विभेद बुझ्छौँ, लामो समयदेखि विभेदको सिकार दलित समुदाय हुँदै आएको छ ।” अपमानित भएर बस्दै आए पनि न्याय नपाइने गरेको उहाँ बताउनुहुन्छ । “न्यायिक निकायमा विभेदका मुद्दा लिएर जान्छौँ”, उहाँले भन्नुभयो, “दोषीलाई मेलमिलापका नाममा उन्मुक्ति दिइन्छ,…
Read More
निरक्षरमा ‘क्यान्सर’ रोग उच्च

निरक्षरमा ‘क्यान्सर’ रोग उच्च

८ चैत,काठमाडौँ । नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ । एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो । एन्सन नेपालले सन् २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धानगरेको थियो । सो अनुसन्धामा एक दशमलव नौ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्तिमा मात्र सुर्तीजन्य पदार्थको सेवनका कारणले क्यान्सर हुने गरेको पाइएको छ । अध्ययनले १६ प्रतिशतले बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पाइएको छ । सत्ताइस दशमलव दुई प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार…
Read More
विक्रमबाबा मेला सुरु

विक्रमबाबा मेला सुरु

८ चैत,चितवन । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मङ्गलबार पूजा भएपछि मेला सुरु भएको हो । महानगरको वडा नम्बर २३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । दवाडीले यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको बताउनुभयो । केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार पूजा व्यवस्थापनका…
Read More
शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने

शिक्षकको मापसे परीक्षण गर्न उपकरण खरिद गरिने

८ फागुन,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न उपकरण खरिद गर्ने निर्णय गरेको छ । नगरभित्र सञ्चालित कतिपय विद्यालयका शिक्षक नियमित मापसे गरेर कक्षामा पुग्ने गरेको गुनासो आएकाले नगरपालिकाको ९८औँ कार्यपालिका बैठकबाट मापसे परीक्षण गर्ने सात ब्रेथलाइजर उपकरण खरिद गर्ने निर्णय गरिएको हो । मापसे परीक्षण गर्ने छ उपकरण नगरपालिकाभित्रका छवटा प्रहरीचौकी र एउटा नगर अस्पतालमा राखेर प्रयोगमा ल्याउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “विगतका वर्षमा वार्षिक परीक्षाका लागि खटाइएका शिक्षकले नै मापसे गरेर प्रश्नपत्र शिरानी लगाएर सुतेको घटना छन्”, उहाँले भन्नुभयो, “कतिपय स्वास्थ्य संस्था र वडा कार्यालयका कर्मचारीसमेत मादक पदार्थ सेवन गरेर कार्यालयमा…
Read More
‘सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ’

‘सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ’

८ चैत,पाटन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)द्वारा आज ललितपुरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले सङ¬्घ, प्रदेश र स्थानीय तहले जनतासम्म आफ्ना सूचना पु¥याउन सामुदायिक रेडियोको संरक्षण गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ । सामुदायिक रेडियो प्रवद्र्धन गर्न नीतिगत व्यवस्थामा भएको समस्याको समाधान गर्नुपर्ने अवस्था छ । स्थानीय पालिकालाई सामुदायिक रेडियोसँग सहकार्य र साझेदारी गर्न मन्त्रालयबाट नीतिगत निर्देशन जारी गर्नेछु ।” उहाँले जनप्रतिनिधिका अनुकूलमा कर्मचारी पठाउँदा सुशासन…
Read More
वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

८ चैत,देउखुरी । दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लग्नुभएकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उहाँसँग अहिले पनि २० खसीबाख्रा छन् । “घर नजिकै जङ्गल छ, चराउन सजिलो होला भनेको झनै दुःख भयो, बेच्ने बेलामा बाघले खाएर मेहनत खेर गयो”, उहाँले भन्नुभयो, “खोर मै आएर खान्छ कि भन्ने डर हुन थाल्यो ।” यही ठाउँका मोहन वलीका तीन खसी गत असोजमा सोही जङ्गलमा चराउन लगेका समयमा बाघले मारिदियो । उहाँ…
Read More
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

८ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायतको क्षेत्रमा व्यापक सार्वजनिक जग्गा अतिक्रमण गरी स्थानीयले ठूलाठूला भौतिक संरचनासँगै खेतबारीको रुपमा उपभोग गर्दै आएका छन् । यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले वर्षाैंदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खोज्ने अभियानलाइ तीव्रता दिएको छ । महानगरको बिभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीको रुपमा उपभोग गर्नेजस्ता प्र्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्न अभियान चलाएको हो । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा…
Read More
आलेख : सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

आलेख : सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

८ चैत,कमलामाई (सिन्धुली) ।  पूर्वमा सेल्फी डाँडा, डाँडामाथिको बुट्टेदार पर्खालको कभर लगाएर एक पोज फोटो खिच्न मन लाग्छ । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर छ । पश्चिमतर्फ घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्यहरुले जो कोहीलाई पनि मोहित बनाउँछ । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले आकर्षणको केन्द्र बनेको छ ढुङ्ग्रेभञ्ज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित यस गाउँमा ३० घरघुरीको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ घरधुरीले सामूहिक रुपमा होमस्टे (घरबास पर्यटन) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो होमस्टेका रुपमा स्थापित भएको भद्रकाली सामुदायिक होमस्टेमा प्राकृतिक सौन्दर्यता, स्वच्छ…
Read More
चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

८ चैत,बलेवा । आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ । असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ । चैतेदशैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु मन्दिरमा पुग्ने गर्छन् । गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका…
Read More
शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

८ चैत,नेपालगञ्ज । आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उहाँले भन्नुभयो । पालिकामा एक किसानले कम्तीमा तीनदेखि चार हजार बोरा आलु उत्पादन गर्छन् । उत्पादित आलु भण्डारण गर्न अहिले कोहलपुस्थित शीतभण्डारमा लैजाने गरिएको छ । सात सय मेट्रिक टन आलु भण्डारण क्षमता भएको शीतभण्डारमा आलु बीउ, तरकारी खाने आलु र दैनिक बिक्री गर्न लैजाने आलुको भण्डार गर्ने लक्ष्यसहित…
Read More
Page 214 of 304
1 … 212 213 214 215 216 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.