जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
८ चैत,दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो ।
ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
जिपका चालक इलाम नगरपालिका–२ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो ।
Facebook Comments Box