समाज

न्यायिक नेतृत्वको दोलखा भ्रमण

न्यायिक नेतृत्वको दोलखा भ्रमण

१२ वैशाख,दोलखा । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्याय क्षेत्रका विशिष्ट व्यक्तिहरूले हालै दोलखा भ्रमण गर्नुभएको छ । जिल्लाको इतिहासमा न्यायपालिकाको प्रमुख, सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता र कानुन क्षेत्रका विशिष्ट व्यक्ति एकैपटक पुग्ने यो ऐतिहासिक अवसर हो । यो अवसरको संयोग नेपाल बार एशोसिएसन दोलखा एकाइको भवन उद्घाटन कार्यक्रमले जुराएको हो । उक्त कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्की, सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी र हरि फुँयाल, महान्यायाधिवक्ता डा दीनमणि पोखरेल, सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौला, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, टङ्क दुलाल, मेघराज पोखरेल, पूर्वमहान्यायाधिक्ता मुक्ति प्रधान, बारका पूर्वउपाध्यक्ष टीकाराम…
Read More
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प, सहजताको वातावरण बनाइदिन माग

व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प, सहजताको वातावरण बनाइदिन माग

१२ वैशाख,काभ्रेपलाञ्चोक । मालवाहक ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गरेका छन् । अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसयीले पाँच दिनदेखि निर्माण सामग्री ढुवानी ठप्प पार्दै आएका छन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले यही वैशाख ७ गतेदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार कार्यालयले जिल्लास्थित तीन स्थानमा रहको भारमापन केन्द्र (तौलपुल)मा मालवाहक सम्पूर्ण सवारीसाधनको भारमापन गर्न निर्देशन दिएको थियो । बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्री, अखिल नेपाल यातायात मजदुर सङ्घका संयोजक कृष्ण गौतम र स्वरोजगार ट्रक…
Read More
कालिदमारमा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

कालिदमारमा ट्र्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

१२ वैशाख,हेटौँडा । मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३–००१त ७१८८ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी…
Read More
गोरखा भूकम्पको आठ वर्ष: अझै पनि बनेन स्मृति उद्यान

गोरखा भूकम्पको आठ वर्ष: अझै पनि बनेन स्मृति उद्यान

१२ बैशाख,गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो । भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण ग¥यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन…
Read More
सन्दर्भ विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

सन्दर्भ विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

१२ वैशाख,काठमाडौँ । ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ । स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी…
Read More
युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता

युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता

११ वैशाख,बलेवा । दिलबहादुरको दैनिकी निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाइने निगालोलाई उहाँले क्षणभरमै चोया बनाउनुहुन्छ । बाहिरी–भित्रीपत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि डोको, नाङ्लो, भकारी, थुन्से र डाली बुन्नुहुन्छ । उहाँ सानो छँदा गाउँको नजिकै विद्यालय थिएनन् । भएका विद्यालयमा पढ्न जाने पहुँच पनि भएन । बाबुबाजेका पालादेखिको सीप दिलबहादुरले बालापनमै सिक्नुभयो । बाबुसँग डोको र बाजेबाट भकारी बन्न सिक्नुभयो । पढ्न नपाए पनि बाबुबाजेले सिकाएको सिपले अहिले दिलबहादुरलाई जीविकोपार्जन गर्न पुगेको छ । र, उहाँ यसमा सन्तुष्ट पनि हुनुहुन्छ । बागलुङको काठेखोला गाउँपालिका–५बिहुँका दिलबहादुर परियार गाउँमा एक्ला सीपालु भने हुनुहुन्न ।…
Read More
बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

११ वैशाख,नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढदै गएको जानकारी दिनुभयो । करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उहाँले अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएकामा अहिले चार हजारको हाराहारीमा पुगेको उल्लेख गर्नुभयो । यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुन्ज अवलोकन गरेकामा अहिले १२ हजार पुगेका छन् । गत…
Read More
मानसिक हिंसाका उजुरी धेरै

मानसिक हिंसाका उजुरी धेरै

११ वैशाख,काठमाडौँ । राष्ट्रिय महिला आयोगमा चालु आर्थिक वर्षको चैतसम्म मानसिक हिंसासम्बन्धी ४२ प्रतिशत उजुरी परेका छन् । आयोगका प्रवक्ता चमिला भट्टराईले हिंसाका विभिन्न स्वरुपमध्ये सो अवधिमा महिला हिंसासम्बन्धी कुल एक हजार चार सय ६७ उजुरीमध्ये मानसिक हिंसासम्बन्धी छ सय १२ वटा उजुरी परेका छन् । “आयोगमा दर्ता भएका विभिन्न प्रकारका उजुरीमध्ये मानसिक हिंसासम्बन्धी धेरै छन्”, उहाँले भन्नुभयो, “यसबाहेक आर्थिक, शारीरिक र यौनजन्य हिंसासम्बन्धी पनि उजुरी परेका छन् ।” आयोगको तथ्याङ्क अनुसार साउनदेखि चैतसम्म आर्थिकसम्बन्धी चार सय ३०, शारीरिकसम्बन्धी तीन सय ७९, यौनजन्य हिंसासम्बन्धी ४६ वटा उजुरी दर्ता भएका छन् भने मानसिक हिंसासम्बन्धी ६१२ उजुरी दर्ता भएका छन् । शारीरिक…
Read More
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग

११ वैशाख,म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका गेमबहादुर गर्बुजाले सय भन्दा बढी प्लास्टिकका बोत्तलमा गाईभँैसीको मलमूत्र सङ्कलन गरेर राख्नुभएको छ । घराम्दीकै निर्मला फगामीले गोठको छेउमा पिसाब सङ्कलन हुने खाडल बनाउनुभएको छ । खाडलमा जम्मा हुने भैँसी, गाई र गोरुको पिसाब फगामीले पनि ड्रम र बोत्तलमा सङ्कलन गरेर राख्नुभएको छ । “खेतीबाली र तरकारीमा रोगकीरा व्यवस्थापन गर्न गाईबस्तुको पिसाब सङ्कलन गरेका हौँ,” उहाँले भन्नुभयो “रासायनिक मलको विकल्पमा जैविक कम्पोष्ट र विषादीको विकल्पमा गाईवस्तुको पिसाब प्रयोग गरेका हौँ ।” निकै खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएका विषादीको विकल्पमा बाली संरक्षणका लागि घरेलु प्रविधिको प्रयोग गरिएको वडा सदस्यसमेत रहनुभएका गर्बुजाले बताउनुभयो…
Read More
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

११ वैशाख,गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उहाँले बताउनुभयो । दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो। पक्राउ परेकाहरूलाई…
Read More
Page 150 of 304
1 … 148 149 150 151 152 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.