समाज

काभ्रेका आठ स्थानीय तहद्वारा भू–वर्गीकरण

काभ्रेका आठ स्थानीय तहद्वारा भू–वर्गीकरण

११ वैशाख,काभ्रेपलाञ्चोक । सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो । काभ्रेको बेथानचोक गाउँपालिकाले १६ हजार कित्ता जग्गालाई भू–वर्गीकरण गरी आइतबार मालपोत तथा नापी कार्यालयलाई बुझाएको छ । “सबै कित्तालाई छुट्टाछुट्टै वर्गीकरण गर्दै नक्सासमेत तयार गरी बुझाएका हौँ”, गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भन्नुभयो । यसअघि नमोबुद्ध नगरपालिका, पनौती, पाँचखाल, धुलिखेल र बनेपा नगर तथा चौँरीदेउराली गाउँपालिका र भुल्लु गाउँपालिकाले भू–वर्गीकरण गरिसकेका छन् । पाँच तहले अझै वर्गीकरण नगरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ…
Read More
बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

११ वैशाख,ढोरपाटन । जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरी रहेको पाइएको छ । बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ । वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित…
Read More
‘राप्ती निर्माण अभियान’

‘राप्ती निर्माण अभियान’

११ वैशाख,तुलसीपुुर । दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ । ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अबस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उहाँको भनाइ छ । “राजधानी पनि हाम्रै पालिकामा छ”, उहाँले भन्नुभयो, “त्यसैले पालिकालाई व्यवस्थित, सभ्य र संस्कार युक्त बनाउन यो अभियान चालिएको हो । ” पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्थानीय निर्वाचनका उम्मेदवारलगायतलाई समेटेर समिति बनाएको समेत उहाँले बताउनुभयो । सामाजिक अराजकता रोक्नका लागि…
Read More
गायक दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’

गायक दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’

११ वैशाख,खोटाङ । दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका गायक दिलीप राई ‘गाउँपालिका तारा’ बन्नुभएको छ । गायन प्रतियोगिता ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’मा सहभागी ३९ जना प्रतिस्पर्धीलाई हराउँदै उहाँ ‘गाउँपालिका तारा–२’ बन्नुभएको हो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुभएका गायक राईले नगद रु एक लाखको साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतियोगिताको अन्तिम पुगेका १६ प्रतिस्पर्धीमध्ये प्रदीप राई दोस्रो र सङ्ग्राम राई तेस्रो हुनुभएको छ । दोस्रो स्थान प्राप्त गर्ने प्रदीप र तेस्रो स्थान प्राप्त गर्ने सङ्ग्रामलाई क्रमशः नगद रु ६० हजार र रु ३५ हजार ट्रफी प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले जानकारी…
Read More
निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह

निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह

१० वैशाख,बेदकोट । कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तनले अभिभावक मारमा परेको भन्दै स्थानीय तहले सो कार्य रोक्न प्रयास थालेका हुन । भीमदत्त नगरपालिकाले संस्थागत विद्यालयको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि गर्न नपाइने निर्णय गरेको छ । नगरभित्रका निजी विद्यालयलाई शैक्षिक सत्र २०७९ को शुल्कभन्दा बढी नहुने गरी कायम गर्न निर्देशन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले बताउनुभयो । “बर्सेनि हुने शूल्क वृद्धि र पुस्तक परिवर्तनले अभिभावक मारमा परेका थिए”, उहाँले भन्नुभयो, “सोहीअनुसार गत वर्ष…
Read More
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

१० वैशाख,बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताउनुभयो । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु चारहजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भन्नुभयो, “खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।” खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल रु चार…
Read More
खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

१० वैशाख,बेदकोट । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो । खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताउनुभयो । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु चारहजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भन्नुभयो, “खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।” खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल रु चार…
Read More
क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना

क्रिष्टल फाइनान्सको निक्षेप दाबी गर्न सूचना

१० वैशाख,काठमाडौँ । खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्स लिमिटेडमा निक्षेप खाता रहेका व्यक्ति, सङ्घ तथा संस्थालाई आफ्नो निक्षेप फिर्ता लिन सूचना जारी भएको छ । कम्पनी खारेजीको काम कारबाही गर्न उच्च अदालत पाटनको आदेशबमोजिम स्थापना भएको लिक्विडेटरको कार्यालयले आज यस्तो सूचना जारी गरेको हो । क्रिष्टल फाइनान्सबाट पैसा फिर्ता लिन बाँकी रहेका व्यक्ति तथा संस्थालाई १५ दिनभित्र आफ्नो निक्षेप भुक्तानी लिन दाबी पेस गर्न भनिएको छ । निक्षेपकर्ताले आफ्नो निक्षेप दाबी गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनी, सङ्घसंस्थाको हकमा दर्ता तथा प्यान प्रमाणपत्रको प्रतिलिपि, निक्षेपकर्ताको खातामा रहेको नाम, खाता खोल्दाका बखतको हस्ताक्षरलगायतका कागजात एवं विवरण पेस गर्न भनिएको छ ।…
Read More
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने

साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने

१० वैशाख,काठमाडौँ । साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनःनिर्माणको काम गरिने भएको छ । साँखु–लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनःनिर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग (बेस) थपेर कालोपत्र गरिने डिभिजनका सूचना अधिकारी सुनित केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ धेरै खण्डमा धेरै बिग्रिएको छ, सडक बलियो बनाउन पुरानो सामग्री हटाएर नयाँ हालेर गर्नुपर्ने छ ।” साँखु–मेलम्ची सडकमा मेलम्चीबाट क्रसरको ढुङ्गा र गिट्टी लिएर आउने टिपरले गर्दा सडक बिग्रिएको उहाँले बताउनुभयो । अधिकांश खण्डमा नियमित रुपमा मर्मत, खाल्डाखुल्डी भएका स्थानमा खाल्डा टाल्ने, कालोपत्र माथिबाट थप्ने (ओभरले) गरिने डिभिजनको योजना…
Read More
शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

१० वैशाख,काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्री र निकायलाई ध्यानाकर्षण गराएको छ । एनसिइ नेपालले राजनीतिक दलद्वारा निर्वाचनका बेला घोषणापत्रमा गरेको प्रतिबद्धताप्रति ध्यानाकर्षण गराउँदै सोहीअनुरुप शिक्षामा कूल राष्ट्रिय बजेटको २० प्रतिशत रकम आगामी आर्थिक वर्षमा विनियोजन गर्न माग गरेको हो । हाल शिक्षामा करिब १० प्रतिशतको हाराहारीमा बजेट रहेको छ । एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षाको मौलिक हकको कार्यान्वयन र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न अपुग रहेकाले सरकारले शिक्षा बजेट बढाउनुपर्ने बारेमा अवगत गराइएको जनाउनुभयो । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५…
Read More
Page 152 of 304
1 … 150 151 152 153 154 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.